कुरा २०२० फेब्रुअरी महिनाको हो। नेपाललगायत विश्व कोरोना महामारीले आक्रान्त थियो। घरबाट करिब २०० किलोमिटर टाढा थिइन् प्रियंका। उनी एक निजी कम्पनीमा काम गर्थिन्। एक दिन उनको स्तनमा गिर्खा देखियो। त्यसलाई छुँदा उनलाई निकै साह्रो लाग्यो।
उनले यो समस्या आफ्नी साथीलाई सुनाइन्। साथीले उनलाई महिनावारी हुँदासम्म कुर्न सल्लाह दिइन्। उनले महिनावारी हुनुभन्दा पहिले पनि यस्ता गिर्खा आउने र आफैँ हराउने गरेको अनुभव प्रियंकालाई सुनाइन्। प्रियंका महिनावारी भइन्। त्यसपछि पनि उनको स्तनको गिर्खा हराएन। २७ वर्षीया प्रियंकाले चिकित्सकको परामर्श लिइन्।
'मलाई पहिलो पटक स्तनको गिर्खाको परीक्षण गर्न निकै असहज भएको थियो। डाक्टरले ९५ प्रतिशत महिलामा यस्ता गिर्खा देखिने र हराउने गरेको बताउनु भएको थियो। म किशोरावस्थामा भएकाले पनि डाक्टरले क्यान्सरको जोखिम नहुने बताउनु भएको थियो। र, एक पटक अल्ट्रासाउन्ड गर्न सुझाव दिनु भयो,' उनले भनिन्।
परीक्षणमा क्यान्सर पुष्टि
जाँच गर्दा उनलाई स्तन क्यान्सर भएको पुष्टि भयो। 'मेरो दोस्रो स्टेज ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर डिटेक्ट भएको थियो। यसमा तीन प्रकारका पोटीन रिलिज हुन्छन्। जो एग्रेसिभ हुन्छन्। यसको उपचारका लागि पहिला मलाई किमोथेरापी गर्न सुझाव दिइयो। त्यसपछि सर्जरी गर्न सुझाव दिइयो,' उनी भन्छिन्।
उनले आफू रोगसँग लड्न तयार रहे पनि बुवाआमालाई भन्न निकै अप्ठ्यारो भएको बताइन्। उनले बुवाआमा त्यो गिर्खामात्रै भएको र आफैँ हराउनेमा विश्वस्त रहेको बताइन्। आफ्नो बिहे नभएकाले आमाबुवाका लागि उक्त कुरा सुन्नु निकै पीडादायी हुने भएकाले सुनाउन कठिन भएको उनी बताउँछिन्।
उनले २० देखि ३० वर्ष उमेरसमूहका महिलामा स्तन क्यान्सर देखिनु भएको फेरिँदो जीवनशैली नै भएको चिकित्सकहरू बताउँछन्।
'मेरो स्तन हटाउने कुरा भयो। आमाले मेरो समस्या बुझ्न थाल्नु भयो। बुवा पनि तिमिहरूलाई जे ठिक लाग्छ त्यो गर भन्न थाल्नुभयो। यो मेरा लागि निकै कठिन समय थियो,' उनले भनिन्।
डाक्टरले प्रियंकालाई यो जेनेटिक क्यान्सर भएको बताएका थिए। प्रियाकाको मावाली परिवारमा ६ जनालाई क्यान्सर भएको थियो। जसमा उनकी मामा घरकी हजुरआमा पनि थिइन्।
२०-३० वर्षका महिलामा किन हुन्छ क्यान्सर?
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)का सर्जिकल अन्कोलोजी विभागका प्रोफेसर डाक्टर एसवीएस देवले पछिल्लो १०/१५ वर्ष यता युवा महिलामा क्यान्सरको जोखिम उच्च रहेको बताउँछन्।
'किशोरावस्थाका महिलामा पनि ब्रेस्ट क्यान्सको उच्च जोखिम छ। २०/३० वर्षकै उमेरका किशोरी पनि स्तन क्यान्सरको सिकार हुने गएको पाइएको छ। क्यान्सर पुष्टि हुने दुई/तीन प्रतिशत महिला सबैभन्दा कम उमेरका रहेका छन्। युवा अवस्थाका क्यान्सर पुष्टि हुने महिला १५ प्रतिशत रहेका छन्। ४० देखि ५० वर्षका ३० प्रतिशत महिलामा स्तन क्यान्सर पाइएको छ। ४४ देखि ५० उमेर समूहका १६ प्रतिशत महिलामा क्यान्सरको जोखिम पुष्टि भएको छ,' उनले भने।
पश्चिमी देशमा महिलामा ४० वर्षपछि स्तन क्यान्सरको जोखिम हुने गरेको उनले बताए। डाक्टर देवले ५० देखि ६० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सरको जोखिम थप बढ्दो रहेको पाइएको बताए।
उनले हालैमात्र एउटा आमा छोरीको स्तन क्यान्सरको उपचार गरेको बताए। उनले अप्रेसन गरिएकी आमाको उमेर ५५ वर्ष र छोरीको उमेर २२ वर्ष रहेको जानकारी दिए।
डाक्टर देवव्रत आर्य पनि स्तन क्यान्सरको कुरा गर्दा ५० देखि ६० उमेर समूहका महिला धेरै आउने गरेको बताउँछन्। यसमा २० वर्षभन्दा माथिका किशोरीमा पनि स्तर क्यान्सर देखिनु निकै असामान्य कुरा भएको उनी बताउँछन्।
डाक्टर देवव्रत आर्य क्याक्स अस्पतालका क्यान्सर केयर इन्टिट्युटमा केडिकल एन्कोलोजी विभागका निर्देशक हुन्। यसभन्दा पहिले गुजरात क्यान्सर एन्ड रिसर्च इन्स्टिच्युटमा काम गरेका डाक्टर देवव्रतले आफ्नो थेसिसको विषय पनि ब्रेस्ट क्यान्सर नै रहेको बताएका छन्।
भारतमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) नेशनल सेन्टर फर डिजिज इन्फर्मेटिक्स एन्ड रिसर्च (एनसीडीआइआर)ले नेशनल क्यान्सर रजिस्ट्री प्रोग्राम रिपोर्ट २०२० सार्वजनिक गरेको थियो। जसमा २०२० मा १३.९ लाख मानिसमा क्यान्सर संक्रमण पुष्टि भएको थियो। यो बढेर २०२५ सम्म १५.७ लाखसम्म पुग्ने आकलन गरिएको छ।
किन बढ्दै छ जोखिम?
डाक्टर एसवीएस देव फेरिँदो जीवनशैलीका कारण स्तन क्यान्सरको जोखिम बढेको बताउँछन्। 'क्यान्सर बढ्नुको पछिको ठोस कारण भन्न नसकिएला। तर, युवाहरूमा फेरिँदो जीवनशैलीका कारण क्यान्सरको जोखिम बढ्दो छ। यसका साथै अर्को कारण भएको जेनेटिक हो,' उनले भने।
स्तनमा दुखाइ हुनु, जलन हुनु वा रातो हुनु, स्तनको आकार फेरिनु, गिर्खा आउनु जस्ता लक्षण देखिएमा चिकित्सकलाई देखाइहाल्नुपर्छ। स्तनको टुप्पोबाट तरलपदार्थ बगेमा पनि चिकित्सकको परामर्श लिनुपर्छ।
प्रजनन क्षमतामा असर
डाक्टरका अनुसार क्यान्सरको उपचार गराइरहेका महिलामा किमोथेरापीका कारण प्रजनन क्षमतामा असर पर्छ।
त्यसैले उपचारको समयमा बच्चा जन्माउन चाहेको अवस्थामा उपचारको कति समय पछि बच्चा जन्माउनु सुरक्षित हुन्छ भन्ने विषयमा जानकारी दिइन्छ।
किमोथेरापी गर्दा अण्डाशयमा असर हुन्छ। त्यस्तो बेला चिकित्सकले ओवरिएन प्रिन्जरवेशन वा ओवरिन्जको सुरक्षित गर्न सुझाव दिन्छन्। यस्तो बेला बिरामी ठिक भएको दुई तीन वर्षपछि बच्चा प्लान गर्न सकिन्छ।
कसरी चिन्ने स्तन क्यान्सरका लक्षण
स्तनमा गाँठो हुनु स्तन क्यान्सरको आम लक्षण हो। त्यसैले चिकित्सकले स्तनमा कुनै प्रकारको गिर्खा देखिएमा परीक्षण गर्न सुझाव दिने गरेका हुन्छन्।
स्तनमा कुनै प्रकारको गिर्खा देखिँदा लापरबाही गर्नु हुँदैन। यस्तो प्रकारको समस्या स्तनको कुनै एक भाग वा पुरै स्तनमा पनि हुनसक्छ।
स्तनमा दुखाइ हुनु, जलन हुनु वा रातो हुनु, स्तनको आकार फेरिनु, गिर्खा आउनु जस्ता लक्षण देखिएमा चिकित्सकलाई देखाइहाल्नुपर्छ। स्तनको टुप्पोबाट तरलपदार्थ बगेमा पनि चिकित्सकको परामर्श लिनुपर्छ।
डाक्टरहरूले युवावस्थाका मानिसमा क्यान्सरको पहिचान गर्न कठिन हुनु गरेको बताएका छन्। लक्षण राम्रोसँग महसुस नहुने र सानो ट्युमर पत्ता लाग्न समस्या हुने गर्छ। कुनै बेला त मेमोग्राफीबाट पनि यस्तो समस्या पत्ता लगाउन समस्या हुनेगर्छ। त्यसैले स्तनमा कुनै समस्या देखिँदा चिकित्सकलाई तुरुन्त देखाउनुपर्छ।