शनिबार, कात्तिक २९, २०८२

विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

यसअघि पाकिस्तानलाई हराएको इन्डियाले दोस्रो खेलमा पनि जित निकालेको हो।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

काठमाडौं – अजष्ट्रेलियामा जारी आईसीसी टी–२० ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ। यसअघि पाकिस्तानलाई हराएको इन्डियाले दोस्रो खेलमा पनि जित निकालेको हो।

National life

सिड्नीमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराउँदै भारतले लगातार दोस्रो जित निकाल्यो।

टस जितेर पहिले भारतले ब्याटिङ गरेको थियो। जहाँ भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले अविजित रहदै ६२ रनको अर्धशतकीय इनीङ खेलेका थिए। कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनीङ खेल्दा सूर्यकुमार यादबले पनि अविजित रहदै ५१ रनको अर्धशतकीय इनीङ खेले।

यता, भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका लागि टिम प्रिन्गलले सर्वाधिक २० रन जोड्दा कोलिन एकरम्यानले १७ रन बनाए भने म्याक्स ओवेड, बास डी लि र शरिज अहमदले समान १६ रन जोडे।

Laxmi sunrise bank
kumari

भारतका भुवनेश्वर कुमार, अर्शदिप सिंह, अक्षर पटेल र रविचन्द्र आश्विनले २–२ विकेट लिए।

प्रकाशित: Oct 27, 2022| 18:04 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।