शुक्रबार, साउन १, २०८३

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ आज 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सोमबार सुनुवाइ गर्दैछ । 

समितिले आज बिहान ९ बजेपछि उनको सुनवाई गर्न लागेको हो । विभिन्न चारवटा विषयमा उनीविरुद्ध उजुरी परेको थियो । जसमध्ये एक जनाले आफ्नो उजुरी फिर्ता लिएका छन् भने बाँकी तीन उजुरीमाथि आइतबार छलफल थियो । 

आइतबारको बैठकमा उजुरीकर्ताहरुलाई बोलाएर समितिले छलफल गरेको हो । उजुरीकर्ताको कुरा सुनेपछि आज सांसद्हरुले उक्त विषयमा प्रश्न गर्ने छन् भने प्रस्तावित प्रधानन्यायाधीश मिश्रले जवाफ दिनेछन् । 

उनीविरुद्ध परेको उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा नातेदारको पक्षमा फैसला गरिएको आरोप छ । त्यसैगरी अर्को फौजदारी मुद्दामा चारजनालाई सफाइ दिएको आरोप छ । प्रश्नपत्र बिक्रीको आरोप लागेका व्यक्तिकै पक्षमा फैसला गरेको अर्को आरोप रहेको छ । संसदीय सुनुवाइ समितिमा मिश्रले यि विषयमा स्पष्ट पार्नुपर्ने हुन्छ ।

समितिले सुनुवाइपछि अनुमोदन सम्बन्धी निर्णय गर्नेछ । समितिमा दुईतिहाइले प्रस्तावित व्यक्तिलाई अस्वीकृत पनि गर्न सक्छ । यसअघि प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो ।

समितिले उनको नाम अनुमोदन गरेमा राष्ट्रपतिले स्विकृत गरेपछि उनले औपचारिक रुपमा प्रधानन्यायाधीको जिम्मेवारी सम्हाल्न पाउने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।