शुक्रबार, साउन १, २०८३

तरुण दलका कार्यकर्ता हत्याको विरोधमा रोल्पा बन्द 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रोल्पा- आफ्ना कार्यकताको गोली हानी हत्या भएको विरोधमा नेपाल तरुण दलले रोल्पा बन्द गरेको छ । 

हत्यालाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै तरुण दलले रोल्पा बन्द गरेको जनाएको छ । । बन्दका कारण बजार, शिक्षण संस्था र यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।

तरुण दलका लिवाङ नगर अध्यक्ष रोहित पुनको आइतबार साझ गोली हानी हत्या भएको थियो । इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेष्टुरेन्टमा पुनको गोली हानी हत्या गर्ने केही व्यक्तिहरु फरार रहेकाले उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने माग गर्दै बन्द आह्वान गरिएको तरुण दलले जनाएको छ ।

तरुण दलले हत्यारालाई पक्राउ गरि कडा कारबाही नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ । हत्याको आरोपमा रोल्पा १० धवाङका देवबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।