काठमाडौं- सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत राजनीतिक दल तथा समूहलाई वार्तामा आउन आह्वान गरेको छ ।
सरकारद्वारा द्वन्द्वरत पक्षसँग वार्ता गर्न गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिले सोमबार सार्वजनिक रुपमा वार्ताका लागि आह्वान गनए लागेको हो ।
समितिले भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहसँग वार्ताको तयारी गरेको छ । समितिले उनीहरुसंगको वार्ताका लगि प्रक्रिया अघि बढाएको जनाएको छ । समितिले सबैभन्दा पहिला विप्लव नेतृत्वको पार्टीलाई वार्तामा ल्याउने प्रयास गरिरहेको समिति स्रोतले जनाएको छ ।
विभिन्न माग राखेर आन्दोलनरत तथा द्वन्द्वरत विभिन्न पक्षलाई वार्ताका लागि औपचारिक रुपमा आह्वान गर्नुअघि समितिले पूर्व शान्ति मन्त्रीहरु, सुरक्षा निकायका अधिकारीहरु तथा सञ्चारकर्मीसँग परामर्श गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४