शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री रुष्ट

आजका अखबार : मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री रुष्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।

कसैले मुख्यमन्त्रीसंग प्रधानमन्त्री असन्तुष्ट बनेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले गोरखामा वर्षेनी हेलिकोप्टर दुर्घटना हुने गरेको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको नयाँ पत्रिकाले मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री असन्तुष्ट शीर्षकमा मुख्य समाचार छापेको छ । ६ वटा प्रदेशमा नेकपा र प्रदेश २ मा सहयोगी दल सरकारमा रहे पनि संघसँग असमझदारी बढेको समाचारमा जनाइएको छ ।

मुख्यमन्त्रीहरुले असन्तुष्टि लिखित रुपमा तयार पारेपछि प्रधानमन्त्री केपी ओलीले अन्तरप्रदेश परिषद्को बैठक अचानक स्थगित गरेका छन् । मुख्यमन्त्रीहरुले काठमाडौंमा आएर प्रधानमन्त्रीसँग भेट्न भेट्न खोजे पनि प्रधानमन्त्रीले भेट नदिएको नयाँ पत्रिकाले लेखेको छ । 

यस्तै कान्तिपुर दैनिकले मुख्यमन्त्रीसँग असन्तुष्ट बन्दै प्रधामन्त्रीले प्रदेश परिषद् बैठक अनिश्चित कालसम्मका लागि स्थगित गरेको खबरलाई विशेष महत्वका साथ छापेको छ ।  छन् । पहिलो पटक आइतबार बस्ने गरि बोलाइएको बैठक अन्श्चिित कालसम्मका लागि स्थगित गरिएको हो ।

मुख्यमन्त्री राजधानी आइसकेपछि स्थगन पत्र थमाइएको समाचारमा उल्लेख छ । यस्तै कान्तिपुरले पोखराको लेकलाइडमा हिमाल छेक्ने गरि भवनहरु बनाउन थालेको विषयलाई पनि प्राथमिकतामा पारेको छ । 

आजको नागरिक दैनिकले भने गोरखामा बर्सेनि हेलिकोप्टर दुर्घटना हुने गरेको विषलाई मुख्य समाचार बनाएको छ । याताातका अन्य साधनको सुविधा नहुदा गोरखाका विकट गाउँका स्थानीबासीहरु हेलिकोप्टर प्रयोग गर्न बाध्य छन् । तर बर्सेनि हेलिकोप्टर दुर्घटना हुने गरेको छ । चालकको हतार गर्ने प्रवृति, बढि कमाउने प्रतिस्पर्धा, पहाडी दुर्गम क्षेत्र र मौसमप्रतिको हेलचेक्र्याइँ नै दुर्घटनाको मुख्य कारक भएको नागरिकले लेखेको छ । 

यस्तै आजको अन्नपूर्ण पोस्ट्ले प्रदेश २ का मुख्यमन्त्री मन्त्रीले अभिभावकत्व लिएका बालबालिका स्कूल जान नसकेको विषयलाई मुख्य समाचार बनाएको छ । पहिले काखा अहिले पाखा शीर्षकमा मुख्य समाचार छापेको अन्नपूर्णले सुरुमा तामझामका साथ विद्यालय भर्ना गर्ने र अभिभावकत्व लिने काम गरिए पनि अहिले भने मुख्यमन्त्री मन्त्रीहरुले वेवास्ता गरेको अन्नपूर्णले लेखेको छ । 

तरुण दलका लिवाङ नगर अध्यक्ष रोहित पुनको हत्या भएको विषयलाई पनि आजका पत्रपत्रिकाले महत्वका साथ पहिलो पृष्ठमा छापेका छन् । गाेली हानी हत्या गरेको आरोपमा रोल्पा १० धवाङका देवबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको आजका पत्रपत्रिकाले लेखेको छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।