मंगलबार, फागुन १९, २०८२

प्रधानमन्त्री कपका लागि बागमतिले गर्यो टिम सार्वजनिक

आउँदो कार्तिक १३ गतेबाट २६ गतेसम्म काटमाठौंमा सञ्चालन हुने प्रतियोगिताको लागि बागमतिले टिम फाइनलसँगै सर्वजनिक पनि गरेको हो।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले आफ्नो टिम निर्धारण गरेको छ। आउँदो कार्तिक १३ गतेबाट २६ गतेसम्म काटमाठौंमा सञ्चालन हुने प्रतियोगिताको लागि बागमतिले टिम फाइनलसँगै सर्वजनिक पनि गरेको हो।

बागमतीले बुधबार राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्त ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गर्दा पृथु बास्कोटालाई उपकप्तान बनाएको जानकारी दिएको छ।

मुख्य प्रशिक्षक सामसन जंग थापाले घोषणा गरेको टोलीमा ४ खेलाडी बैकल्पिक रहेका छन्। यो प्रतियोगिता त्रिवी क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघले बताएको छ।

१० टोलीको सहभागिता रहने प्रतियोगितामा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन् भने समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ छन्।

त्रिवी मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। समूह चरणमा दुवै समूहका शीर्ष दुई टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्। 

kumari

बागमतीको टोलीः

ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा (उपकप्तान), रित गौतम, विवेक राना मगर, दुर्गेश थापा,असुतोष घिरैया,इशान पाण्डे, नन्दन यादब, राम नरेश गिरि, प्रतिष जिसी, रिजन ढकाल, सुर्य तामाङ,तिलक राजभण्डारी,सोनु देबकोटा

बैकल्पिक खेलाडीः

गौरब खड्का, गौतम केसी, अशोक पौडेल,रामासिस महतो

प्रकाशित: Oct 26, 2022| 18:10 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।