शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • ७ स्वर्ण जितेर अमेरिका फर्किए दिदीभाइ, भाइलाई लाग्छ- दिदी रोलमोडल

७ स्वर्ण जितेर अमेरिका फर्किए दिदीभाइ, भाइलाई लाग्छ- दिदी रोलमोडल

एस्ली सापकोटा डंगोल र आशीष सापकोटा नवौं राष्ट्रिय खेलकुदका यस्ता विजेता हुन्, जो एकै परिवारमा जन्मिए। दिदीभाइले पोखरामा सम्पन्न राष्ट्रिय खेलकुदमा स्वर्ण मात्र जितेनन्, कीर्तिमानसमेत बनाउन सफल भए। भाइकी रोल मोडल भइन्, दिदी।
 |  बिहीबार, कात्तिक १०, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, कात्तिक १०, २०७९

काठमाडौं- एस्ली सापकोटा डंगोल र आशिष सापकोटा नवौं राष्ट्रिय खेलकुदका यस्ता विजेता हुन्, जो एकै परिवारमा जन्मिए। दिदी एस्लीले पौडी सुरु गर्दा आशिष भर्खरै देख्ने अनि बुझ्ने भएका थिए। उनले दिदीको स्विमिङ देखे। दिदीजस्तै पौडिने उनको धोको हुन्थ्यो।

triton college

त्यही धोको पूरा गर्न पोखरामा सम्पन्न राष्ट्रिय खेलकुदमा उनले स्वर्ण मात्र जितेनन्, कीर्तिमानसमेत बनाउन सफल भए।

‘म सानो हुँदादेखि नै दिदीको स्विमिङ हेरेर हुर्किएको हुँ। उहाँ मेरो रोलमोडल हो,’ २ कात्तिकमा पौडीका प्रतियोगिता सकिएपछि आशिषले भने। उनले एक स्वर्ण जिते। एस्लीले ६ प्रतियोगितामा भाग लिएकामा ६ वटामै स्वर्ण जितिन्।

परिवारका लागि यस्तो जितले कस्तो अर्थ राखिरहेको हुन्छ? एस्लीको जवाफ छ, ‘हामी सबैलाई यो कुराले खुसी बनाएको छ। यसअघि कहिल्यै पनि यस्तो भएको थिएन। यो सबै मेरा लागि नौलो भइरहेको छ।’ प्रतियोगिता नेपालमै भएपछि एस्लीकी हजुरआमालाई पनि नातिनातिनीको खेल हेर्ने मौका मिल्यो। ‘परिवारका लागि एकदमै खुसीको पल हो,’ उनी भन्छिन्।

एस्लीले यस पटक राम्रो प्रदर्शन मात्र गरिनन्, नेपाली पौडीमा एकछत्र राज गरिरहेकी गौरिका सिंहलाई पनि चुनौती दिइन्। यद्यपि गौरिका आफूभन्दा अब्बल रहेको एस्लीको ठम्याइ छ। भन्छिन्, ‘गौरिकाबाट सिक्न मन छ। छिटो मुभ गर्ने उनी सुपर कम्पेटिटिभ छन्।’

corrent noodles
Metro Mart

गौरिकाबारे एस्लीले समाचारमा पहिले सुनेकी मात्र थिइन्। यो वर्ष प्रतिस्पर्धा भयो। त्यसले उनी प्रतिस्पर्धासँगै नर्भस थिइन्। तर जति खेल्दै गइन्, स्वर्ण हात लाग्दै गए–सिक्स एपियरेन्स सिक्स गोल्ड।


‘यति धेरै स्वर्णले रमाइलो बनायो तर जित्नका लागि गाह्रो थियो। तनावलाई व्यवस्थापन गरेर खेलेको हो,’ उनले भनिन्। च्याम्पियन भएपछि राष्ट्रिय टिममा कलअप आउला। अब रेगुलर खेल्न आउने हो? ‘अब बेलायो अनि सकियो भने आउने प्रयास रहनेछ,’ अमेरिकामै पढ्ने, बस्ने एस्लीले अन्योल भावमा भनिन्, ‘मलाई राष्ट्रिय टिममा बोलाउनेबारे केही भनिएको छैन। अहिलेका लागि मलाई प्रतियोगिता खेल्ने ध्यान मात्र थियो। अब केही दिन आराम गरेर अरु सोच्ने हो।’

उनले नेपालको स्विमिङ अवस्था राम्रो रहेको र नेपाली खेलाडी प्रतिस्पर्धी भावनाको रहेको बुझेकी छन्। 

एस्ली, परिवार अनि पौडी
एस्लीको मावली झापा हो भने बाबुको घर धादिङ। परिवारका केही सदस्य काठमाडौंमा बस्छन्। तर अमेरिकाको साइपेन जन्मिइन् एस्ली। तीन वर्षअघि उनीहरूको परिवार मेरिल्यान्डमा बसाइँ सर्‍यो। त्यहाँ उनले स्विमिङको अझै राम्रो वातावरण पाइन्।

‘मलाई स्विमिङमा लाग्ने प्रेरणा कहाँबाट आएको हो भन्ने थाहा छैन। खेलमा लागेर पनि एथ्लिट नै हुन्छु भनेर लागेको होइन। बच्चै बेलाबाटै पौडिन मन लाग्थ्यो। गर्दै जाँदा सुधार हुँदै गयो। म पौडीसँगै हुर्किएकी हुँ,’ नेपाल समयसँगको कुराकानीमा एस्लीले आफ्नो खेलयात्राबारे सुनाइन्।

खेल्दै गएपछि उनीहरूमा खेल्ने चाहना बढ्दै गयो। अभिभावकले पनि सहयोग गरे। अहिले स्वर्ण जितेपछि  बाबुआमा खुसी भएको एस्ली बताउँछिन्। ‘ज्यादै सपोर्टिभ हुनुहुन्छ। हामी नर्भस हुँदा उहाँहरू सँगै रहेर साथ दिनुहुन्छ। सहयोगीभावका हुनुहुन्छ,’ उनले भनिन्।

उनी अहिले तेस्रो पटक नेपाल आएकी हुन्, राष्ट्रिय खेलकुदकै सिलसिलामा। ‘पहिला बच्चा बेलामै आएको हो। खासै याद भएन। म पहिलो पटक आउँदा आशिष (भाइ) जन्मिएकै थिएन,’ उनले भनिन्। बीचमै एस्लीलाई रोक्दै भाइ आशिषले भने, ‘याद भएको चाहिँ चार वर्षअघि आएको हो। त्यतिखेर नेपाल आएर घुमेर फर्कियौं। अहिले प्रतियोगितामै समावेश हुन पाएका छौं।’

एस्ली सापकोटा डंगोल र आशिष सापकोटा नवौं राष्ट्रिय खेलकुदका यस्ता विजेता हुन्, जो एकै परिवारमा जन्मिए। दिदीभाइले पोखरामा सम्पन्न राष्ट्रिय खेलकुदमा स्वर्ण मात्र जितेनन्, कीर्तिमानसमेत बनाउन सफल भए। भाइकी रोल मोडल भइन्, दिदी।

यो प्रतियोगिताले उनीहरूको नेपाल भ्रमण सार्थक बनाएको छ। उनलाई पनि ‘पौडीमा पुल र बत्तीहरू सबै राम्रा लागे।’ थपिन्, ‘भन्नैपर्दैन, यहाँबाट हिमालको दामी चित्र देखिन्छ। सबै राम्रा लाग्छन्।’ पोखराको रमाइलो वातावरणमा नेपाली प्रतिस्पर्धीसँग खेल्न उनलाई गज्जबै लाग्यो।

आशिषले ४०० मिटर इन्डिभिज्वल मेड्ली इभेन्टमा स्वर्ण मात्र जितेनन्, कीर्तिमानसमेत बनाए। त्यसका लागि उनी गुरुआमा र साथीहरूको सहयोग विशेष रहेको बताउँछन्। त्यसमाथि दिदी एस्लीको कुरा उनी ध्यान दिएर सुन्छन्। प्रतियोगितामा जानुअघि दिदीले सहयोग गरेको उनी सुनाउँछन्।


‘म निकै ठुस्स परेर बसिरहेको हुन्छु अनि क्रम्पी (सानै कुरामा दुखी भइहाल्ने) हुन्छु। नर्भस भएको हुन्छु। दिदी, आमा–पापाहरूले मेरो माइन्ड स्विमिङबाट निकाल्न खोज्नुहुन्छ। त्यसपछि म ठीक हुन्छु। त्यसले मलाई खुसी दिलाउँछ र स्विमिङ पनि राम्रो हुन्छ,’ उनले भने।

उनीहरू पोखरामा गएर खेलमा मात्र सहभागी बनेनन्, साइडसिन र प्यराग्लाइडिङ पनि गरे।  ‘प्याराग्लाइडिङमा अकाशमा हुँदा वाकवाकी आएको थियो। साथमा मज्जा पनि भइरहेको थियो। पोखरा घुम्यौं,’ आशिषले भने।

उनीहरू परिवारसँग केही समय बिताएर अमेरिका फर्किइसकेका छन्। ‘परिवारका लागि पनि आएका थियौं। त्यस्तै १६–१७ दिनको बसाइ रह्यो। ममीको घर झापामा भएकाले जान सकिएन तर बुबाको घर पुगेर आयौं,’ एस्लीले भनिन्। उनीहरू इमाडोलस्थित आन्टीको घरमा पनि पुगेर परिवारसँग भेट गरे। 

अमेरिका फर्किइसके पनि नेपालको प्रतिस्पर्धा बिर्सन नसकिने एस्ली बताउँछिन्। ‘जहिल्यै सम्झिरहनेछु। मैले यस्तो प्रतिस्पर्धामा यसअघि कहिल्यै भाग लिएकै थिइनँ,’ उनले भनिन्।

अर्को राष्ट्रिय खेलकुदमा पनि आउने हो? बोलाएमा आउने उनको जवाफ छ। ‘पहिलेदेखि नै इच्छा थियो, कतै खेल्ने। त्यसै मेसोमा एक महिनाअघि मैले यो प्रतिस्पर्धाबारे थाहा पाएकी हुँ। त्यतिबेलादेखि आउन कोसिस गरिरहेका थियौं। पहिलेदेखि नै थाहा थियो,’ राष्ट्रिय खेलकुदबारे उनले भनिन्।

प्रकाशित: Oct 27, 2022| 08:01 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।