शनिबार, वैशाख ८, २०८१

सामाजिक सेवाबाट राजनीतिमा लागेका जयप्रकाश

महिला सशक्तीकरण, युवा रोजगार, कृषि सडक निर्माण, सडक स्तरोन्नति, स्थानीय खोलामा तटबन्ध निर्माण र खानेपानी विस्तारलगायतका प्रतिबद्धता पूरा गर्ने वाचासहित जनताको घरदैलो चहार्दै छन्, एमाले मोरङ क्षेत्र–४ (क)बाट उम्मेदवार बनेका चौधरी।
 |  बुधबार, कात्तिक ९, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, कात्तिक ९, २०७९

विराटनगर- मोरङ ग्रामथानका ४६ वर्षीय जयप्रकाश चौधरी (जेपी)१५ वर्ष राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध रहे। 

triton college

घरको आर्थिक अवस्था कमजोर रहेकाले जागिर खाँदै पढ्नुपर्ने बाध्यता उनमा थियो। जागिर नखाई अध्ययनलाई निरन्तरता दिन नसकिने भएपछि उनी २०६४ देखि विभिन्न संस्थामा आबद्ध रहे। उनी जुन संस्थामा आबद्ध भए पनि कामको प्रकृति भने एकै खाले थियो। महिला अधिकार, बालअधिकार, सशक्तीकरण, आवास अधिकारलगायत सवालमा संस्थाहरूमा रहेर उनले भूमिका वहन गरे। 

महिलामा पनि दलित महिलाको अधिकार, महिलाको शिक्षा, शिक्षाबाट वञ्चित बालबालिकालाई अनिवार्य शिक्षाका लागि पैरवी, गुणस्तरीय विद्यालय, सामुदायिक विद्यालयको क्षमता विकास, समावेशिता, हरेक क्षेत्रमा महिलाको सहभागिता, जिम्मेवार पदमा महिला, सशक्तीकरण, भूमिहीनलाई आवासको अधिकार, बाल अधिकार र उनीहरूको सर्वांगीण विकास यस्तै सवाल उठाउँदाउठाउँदै उनले १५ वर्ष बिताए।

उनले गरेका कामको परिणाम सानो क्षेत्रमा मात्रै देखियो। यसले सबै क्षेत्रमा व्यापकता पाउन सकेन। सामाजिक सेवामै आफूलाई समर्पित गरेका चौधरीलाई नीति निर्माण तहमा पुग्न सके यसले व्यापकता पाउने थियो भन्ने लागिरहन्थ्यो। तर त्यस स्थानसम्म पुग्न उनले मात्रै चाहेर सम्भव थिएन। 

४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मिति घोषणासँगै आफ्नो सर्कलमा आफू पनि आकांक्षी रहेको उनले सुनाए। कतिपय नेताहरूलाई पनि आफू आकांक्षी रहेको बताए। उनको आकांक्षा समेट्न एमाले क्षेत्रीय समन्वय कमिटीले उनीसहितका झन्डै दर्जन हाराहारीको नाम पार्टीमा पठायो। अन्तिममा जयप्रकाशले टिकट पाए। 

corrent noodles
Metro Mart

एमालेबाट मोरङ क्षेत्र–४ (क)बाट उम्मेदवार बनेका चौधरी अहिले जनताको घरदैलोमा नमस्कार गर्दै पुगिरहेका छन्।  हिजो जसका लागि आवाज उठाए, आज तिनै व्यक्तिहरू उनका मतदाता छन्। तिनै मतदातालाई लक्षित गरेर आफ्ना एजेन्डा उनले बनाएका छन्। कृषिलाई प्राथमिकता दिएर उनले आफ्ना चुनावी एजेन्डा बनाएका छन्। किसानका कुरा, मल, सिँचाइ, भण्डारणको समस्या समाधान गर्न आफ्नो नीतिगत पहल हुने उनले जानकारी दिए।

महिला सशक्तीकरण, युवा रोजगार, कृषि सडक निर्माण, सडक स्तरोन्नति, स्थानीय खोलामा तटबन्ध निर्माण र खानेपानी विस्तारलगायतका प्रतिबद्धता पूरा गर्ने वाचासहित जनताको घरदैलो चहार्दै छन्, एमाले मोरङ क्षेत्र–४ (क)बाट उम्मेदवार बनेका चौधरी।

दलित, बाँतरहरूको आर्थिक अवस्था सुधार, कृषिको समग्र विकास, कृषिमा आत्मनिर्भर बनाउने, कृषिको व्यावसायिकीकरण आफ्नो पहिलो प्राथमिकता रहेको चौधरीले बताए। 

निर्वाचन क्षेत्रमा रहेका बेरोजगार युवालाई रोजगारी दिलाउन आफ्नो पहल रहने उनले प्रतिबद्धता जनाएका छन्। उनी भन्छन्, ‘सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा हाम्रा युवाको सीप नभएकै कारण भारतबाट कामदार ल्याउनुपर्ने अवस्था छ। युवालाई सीप प्रदान गरेर योग्य बनाउने र उद्योगमा रोजगारी दिलाउने।’ यसका लागि उद्योगमा कुरा भएको उनले बताए।

सीपयुक्त व्यक्ति ल्याए भारतीय कामदार उद्योगले नराख्ने बताएको उनले सुनाए। युवाको सीप, दक्षता विकासका लागि नीतिगत निर्णय गरेर अघि बढ्ने चौधरीको भनाइ छ। 

उद्योग कलकारखानासँगै आफैं व्यवसाय गर्न चाहनेलाई वित्तीय संस्थाहरूमा जोड्ने काम गर्ने योजनामा छन्, उनी। महिलालाई आर्थिक रुपमा सशक्त बनाउने चौधरीको अर्को महत्त्वपूर्ण एजेन्डा छ। उनले भने, ‘मेरो गाउँटोलका महिला अहिले  पनि श्रीमान्को कमाइमा भर पर्नुपर्ने अवस्था छ। माइती जान पनि गाडी भाडासमेत श्रीमान्सँग माग्नुपर्ने बाध्यतामा छन्।’ महिलालाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए। 

क्षमतासँगै पूर्वाधार विकासलाई पनि उनले समेटेका छन्। कृषि सडक निर्माण, भएका सडक स्तरोन्नति, स्थानीय खोलामा तटबन्ध निर्माण र खानेपानी विस्तारलगायतका सवाललाई लिएर जनतासमक्ष पुगेको उनले सुनाए। 

ग्रामीण विकासमा स्नातकोत्तर र अंगे्रजी विषयमा स्नातक गरेका चौधरी २०५१ देखि एमालेमा आबद्ध भएका हुन्। तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघबाट एमालेको राजनीतिमा चौधरी आएका थिए। गाउँ कमिटी सदस्यबाहेक उनले यसलाई नै पेसा बनाउने सोचेका थिएनन्। उनी भन्छन्, ‘सामाजिक क्षेत्रबाट आर्जन गरेको ज्ञान, सीपलाई नीति निर्माण तहमा पुगेर कार्यन्वयन गराउने लक्ष्यसहित यता लागें।’

पारिवारिक राजनीतिक पृष्ठभूमि नभएका चौधरी सामान्य परिवारमा जन्मिए। एक वर्षमा नयाँ लुगा लगाउन पनि नपुग्ने आर्थिक अवस्थाबाट उनी गुज्रिएर आए। अर्काको घरमा काम गरेर, पाटा धोएर विद्यालयको पोसाक किन्ने खर्च जुटाउने स्थितिसमेत आफूले भोगेको उनले विगत कोट्याउँछन्। पढ्नकै लागि आफूले गरेको दुःख अन्य बालबालिकालाई नहोस् भनेर अधिकारको क्षेत्रमा काम गरेको उनले बताए। चौधरी भन्छन्, ‘बालबालिकालाई राम्रोसँग पढ्न सक्ने वातावरण बनाउन सके मात्रै पनि ठूलो उपलब्धि हुनेछ।’ 

प्रकाशित: Oct 26, 2022| 12:44 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...