शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रिकेट विश्वकप : हारबाट पार पाउन अस्ट्रेलियालाई श्रीलंका चुनौती

क्रिकेट विश्वकप : हारबाट पार पाउन अस्ट्रेलियालाई श्रीलंका चुनौती

सुपर १२ मा यी दुवै टिमले समान १–१ खेलमा सहभागिता जनाउँदा अस्ट्रेलियाले हार बेहोरेको छ भने श्रीलंकाले जित निकालेको छ। त्यसैले आजको खेलमा दुवै टिमलाई जित निकाल्न दबाब हुनेछ।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

काठमाडौं– आईसीसी टी–२० विश्वकपअन्तर्गत सुपर १२ का खेल सुरु भइसकेका छन्। समूह चरणका खेल सकिएसँगै सुपर १२ का खेल सुरु भएका हुन्।

triton college

सोही चरणअन्तर्गत मंगलबार समूह ‘ए’मा रहेका अस्ट्रेलिया र श्रीलंका भिड्दैछन्। एसीसी एसिया कप जितेर उच्च मनोबलका साथ विश्वकपमा स्थान बनाएको श्रीलंकाले अघिल्लो चरणमै नामिबियाले हराएको थियो। 

उसले बाँकी खेलमा जित निकालेर अन्तिम १२ को यात्रा गरेको हो। श्रीलंकालाई आज चुनौति छ, घरेलु टिम अस्ट्रेलियाको। नेपाली समयअनुसार पौने ५ बजे पर्थमा सुरु हुने खेलमा दुवै टिम जितको लक्ष्यसाथ मैदान उत्रनेछन्। मंगलबारको खेलमा अस्ट्रेलियालाई जितले मात्र पुग्दैन, नेट रनरेटमा पनि सुधार चाहिएको छ। अहिले उसको नेट रनरेट नकारात्मकतर्फ ४.४५० रहेको छ। यदि सेमिफाइनल पुग्ने अवस्थामा दुई टिमको बराबरी अंक भए रनरेटकै आधारमा विजेता चयन हुने हुँदा अस्ट्रेलियालाई त्यो आवश्यक देखिएको हो।

अस्ट्रेलियालाई सेमिफाइनल पुग्न श्रीलंका र न्युजिल्यान्ड सबैभन्दा ठूलो चुनौती हुन्। त्यति मात्र होइन, पहिलो खेलमा जित निकालेको इंग्ल्यान्ड पनि अघिल्लो चरणमा जाने मुख्य दावेदार हो।

यता, श्रीलंकाको रनरेट ठीक छ। अस्ट्रेलिया यो विश्वकपमा डिफेन्डिङ च्याम्पियनका रुपमा प्रस्तुत भएको छ। यो वर्ष उसको लक्ष्य भनेकै उपाधि रक्षा गर्नु हो। 

corrent noodles
Metro Mart

सुपर १२ मा यी दुवै टिमले समान १–१ खेलमा सहभागिता जनाउँदा अस्ट्रेलियाले हार बेहोरेको छ भने श्रीलंकाले जित निकालेको छ। त्यसैले आजको खेलमा दुवै टिमलाई जित निकाल्न दबाब हुनेछ।

समूह ‘बी’मा श्रीलंकाले पहिलो खेलमा आयरल्यान्डलाई हराएको थियो भने घरेलु टिमले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। अहिले समूहमा समान १–१ जित निकालेका न्युजिल्यान्ड, श्रीलंका र इंग्ल्यान्ड रन रेटका आधारमा क्रमशः शीर्ष, दोस्रो र तेस्रो स्थानमा छन्। अफगानिस्तान, आयरल्यान्ड र अस्ट्रेलिया चौथो, पाँचौं र अन्तिम स्थानमा छन्।

प्रकाशित: Oct 25, 2022| 11:41 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।