काठमाडौं- यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरी मनाइएको छ। कुकुर तिहारको अवसर पारेर ललितपुरको भैसेपाटीस्थित स्नेहा केयरले पनि कुकुर पूजा भव्य रुपमा सम्पन्न गरेको छ।
सडकमा बिरामी परेका कुकुरलाई आश्रयस्थलमा ल्याएर संरक्षण गर्दै आएको स्नेहा केयरले कुकुरको पूजा गरी कुकुर तिहार मनाएको केयरले जानकारी दिएको छ। पूजामा ह्विल चेयर लगाइदिइएका कुकुरदेखि स्वस्थ कुकुरसम्म समावेश थिए।
सबै कुकुरलाई स्वस्थ बनाउने केयरको अभियान छ।