शनिबार, फागुन ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दर्शकले हतपत बिर्सिंदैनन् हरिवंशले जन्माएका पात्र

मह जोडीकै अभिनय रहेको महापुरुषमा एकल बाबुले सन्तानका लागि गरेको जिम्मेवारी र जीवनको उत्तराद्र्धमा भेटिएको प्रेमिका बचाउबीचको संघर्षपूर्ण पात्रको भूमिकामा छन्, आचार्य।
 |  मंगलबार, कात्तिक ८, २०७९

राज सरगम

राज सरगम

मंगलबार, कात्तिक ८, २०७९

ntc landingntc landing

काठमाडौं– ११ कात्तिकदेखि देशभर प्रदर्शन हुन थालेको चलचित्र ‘महापुरुष’का कारण चर्चामा छन्, हाँस्य कलाकार तथा अभिनेता हरिवंश आचार्य।

himalayan bank box

मह जोडीकै अभिनय रहेको महापुरुषमा एकल बाबुले सन्तानका लागि गरेको जिम्मेवारी र जीवनको उत्तराद्र्धमा भेटिएको प्रेमिका बचाउबीचको संघर्षपूर्ण पात्रको भूमिकामा छन्, आचार्य। 

आचार्यले खेल्ने चलचित्रको कथा उनी केन्द्रित मात्रै हुँदैन, पात्रमा पनि नौलो प्रयोग पाइन्छ। यसको कारणमा आचार्य आफ्नो चरित्रमा विविधता खोज्न माहिर छन्। ‘भर्सटाइल एक्टर’को छवि बनाएका आचार्यले आमपात्रभन्दा फरक पात्र जन्माउँछन्। हसाउने फिल्म मात्रै होइन, गम्भीर फिल्ममा पनि उनको भूमिका यादगारै  हुन्छ। महारुपुरुषमा आचार्यले बालकृष्ण बालुको भूमिका वहन गरेका छन्।  

नयाँ–नयाँ पात्र जन्माएर त्यसलाई स्थापित गर्न सफल हरिवंशलाई जसरी सबै उमेर समूहका दर्शकले चिन्छन्, त्यसैगरी पात्रलाई पनि चिन्छन्। अझ उनले निर्वाह गरेको पात्रलाई दर्शकले झटपट बिर्सिंदैनन्। 

लोभी–पापी, फिलिम, राजामती, बलिदान, जे भो राम्र्रै भो, तँ त साह्रै नै बिग्रिस् नि बद्री, शत्रु गते, दालभात तरकारीजस्ता चलचित्रमा उनले गरेको भूमिका बिल्कुल फरक छ। प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र महापुरुषमा पनि उनले फरक लुक्स र अभिनयमार्फत दर्शकको मन जित्ने कोसिस गरेका छन्। 

२५ वर्षअगाडि अर्थात् सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्र बलिदानमा निर्वाह गरेको भूमिका आचार्यले सम्झिए, ‘बलिदानपछि गम्भीर रहेर आफ्नो अभिनय देखाउन पाएको छु। मलाई प्रायः यस्ता भूमिका अफर हुँदैनन्। मलाई जस्तै दर्शकलाई पनि यो उत्कृष्ट लाग्ने विश्वास छ।’

मह जोडीकै अभिनय रहेको महापुरुषमा एकल बाबुले सन्तानका लागि गरेको जिम्मेवारी र जीवनको उत्तराद्र्धमा भेटिएको प्रेमिका बचाउबीचको संघर्षपूर्ण पात्रको भूमिकामा छन्, आचार्य। 

चलचित्र बलिदानमा देशको प्रेमले ओतप्रोत भएको क्रान्तिकारी पात्रको भूमिका निर्वाह गरेका थिए, आचार्यले। पात्रको नाम थियो, अर्जुन। 

अर्जुन पञ्चायतविरुद्ध आवाज उठाउने विद्यार्थी हो। लोकतन्त्रका लागि गाउँ–गाउँका जनता जगाउँदै हिँड्छन्। एक दिन पञ्चायतविरुद्ध बोलेकै दोषमा प्रहरीले यातना दिन्छ, अर्जुनलाई। यसरी प्रहरी र क्रान्तिकारीको लडाइँमा अर्जुनको मृत्यु हुन पुग्छ। आचार्य भन्छन्, ‘गम्भीर मानिसको आँखाबाट क्रान्ति बुझाउन खोजिएको थियो चलचित्र बलिदानमा, जसको भूमिका दर्शकले मन पराइदिए।’ 

आचार्य नेपाल टेलिभिजनको सुरुआती दिनमा सक्रिय रूपले धेरै टेलिशृंखलामा जोडिए।  पात्रको चरित्र चित्रण आफैंमा बलियो छ। हरेक उमेर समूहका मानिसलाई हरिवंशको अभिनयले आकर्षित गर्छ। अभिनयको लामो यात्रामा कहिले महिला, कहिले पुरुष, कहिले बाठो मानिस, कहिले सोझो, कहिले अपांग, कहिले नायक, कहिले खलनायकीको चरित्र पनि निर्वाह गरेका छन्, उनले। 

अधिकांशले आचार्यलाई उनले वहन गरेको ‘हरिबहादुर’ चरित्रले चिन्छन्। उनको अभिनय जीवनको चर्चित पात्र हो– हरिबहादुर। यो पात्र हरिवंशका लागि निकै सजिलो चरित्र हो रे।  मदनबहादुर/हरिबहादुरमा पनि हरिबहादुर पात्र चर्चित छ। उनलाई जहाँ गए पनि यही नामले बोलाउँछन्। भन्छन्, ‘हरेक उमेर समूहका मानिसले मलाई हरिबहादुर नामले बोलाउँछन्।’

प्रकाशित: Oct 25, 2022| 12:22 मंगलबार, कात्तिक ८, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।