मंगलबार, वैशाख २९, २०८३

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो। यसरी फलफूल बेच्नु उनको रहर होइन। पोखराबाट सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

ढोरपाटन- पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छिन्। काँधमा ढाको र हातमा पोकापन्तुराको साथमा भेटिने उनले फलफूल बिक्री गर्छिन्। उनको कथा भने नमीठो छ।

National life

उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो। यसरी फलफूल बेच्नु उनको रहर होइन। पोखराबाट सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ।

एक दश पोखराका विभिन्न ठाउँमा फलफूल बेच्ने र जुत्ता सिउने काम गरेकी उनी बागलुङसम्म आएकी हुन्।  पोखरा छाडेर म्याग्दीको सदरमुकाम बेनी आएकी उनले करिब पाँच वर्ष फलफूल तथा तरकारी बेचिन्। बेनीमा राम्रो कमाइ नभएपछि चार महिनादेखि बागलुङ बजारमा फलफूल बेचिरहेकी छन्। यहाँबाट पनि उनलाई काम गर्ने वातावरण सहज छैन।

‘पढेलेखेको छैन, मैले काम पाउने भनेको होटलमा जुठो भाँडा माझ्ने हो, त्यहाँ पनि अरुको गाली खानुपर्छ, त्यही भएर मैले फलफूल बेच्न थालेको हुँ, मैले यसरी बाटोबाटोमा फलफूल बेच्न थालेको १६ वर्ष भयो’, उनले भनिन् , ‘ज्यान पाल्न पर्‍यो, काम नगरी पाल्न सकिन्न, जसोतसो चलेकै छ, दुःख भन्ने कुरा त्यस्तै हो, चोर्न ढाँट्न जानेको छैन, यस्तो काम गर्न नपरोस्, कामजस्तै भए पनि गर्छु, सानो–ठूलो मानिँदैन।’

चालीस वर्षीया धनमायाले १० वर्ष पोखराका सडक र गल्लीमा बसेर फलफूल बेच्ने र जुत्ता सिलाउने काम गरेको स्मरण गर्दै महानगरले सडकबाट हटाएपछि बेनी पुगेको बताइन्। उनले पोखरामा राम्रो कमाइ भए पनि काम गर्न नपाएको दुःखेसो पोखिन्।  बेनीमा पाँच वर्ष काम गर्दा कमाइ नभएपछि बागलुङ आएको उनको भनाइ छ। यहाँ आएर काम गर्दादेखि नै अवरोध भइराखेको उनले बताइन। 

‘पोखरामा राम्रो कमाइ हुन्थ्यो, त्यहाँ धेरै मान्छेको आवतजावत पनि भएको हुँदा फलफूल पनि राम्रै बिक्री हुन्थ्यो, मैले पोखरामा जुत्ता पनि सिलाउँथे, पछि धेरै मान्छेले नराम्रो नजरले हेरे, काम गरेको रिस गरेपछि मैले जुत्ता सिलाउन छाडेँ, फलफूल बेच्न पनि महानगरले दिएन, सडकबाट ढोकोसँगै उठाइदियो, त्यही भएर म बेनी आएँ’, नेपालीले भनिन्, ‘बेनीमा फलफूलसँगै टमाटर पनि बेच्थेँ, बुढाले कोट सिलाउनुहुन्थ्यो अरुको टेलरमा, कमाइ राम्रो नभएपछि बागलुङ आएका हौँ, यहाँ आएको पनि तीन–चार महिना भयो, बाटोमा बेच्न हुँदैन भनेर नगरपालिकाले भनिराखेको छ, दुःख गरेर खान पनि दिएनन्।’

धनमायाको चार जनाको परिवार छ। दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ। दुई छोरीले पोखरा पढ्ने र श्रीमानले एक टेलरिङ सेन्टरमा कपडा सिलाउने काम गर्ने गरेको उनको भनाइ छ। ‘हाम्रो अरू केही छैन, यही काम गर्ने खाने हो, श्रीमान्ले कोट सिलाउनुहुन्छ, छोरीहरूले पोखरा बसेर पढ्छन्, व्यापार खासै छैन, दसैँका बेला राम्रो भयो, अहिले कम छ’, उलले भनिन्। 

नेपालीले स्याउ, सुन्तला र मौसमअनुसारका फलफूल बेच्ने गर्नुहुन्छ। यो सिजन स्याउ, अम्बा र सुन्तालको भएको अन्दै खुद्रा पसलबाट खरिद गर्ने र बजारको दरमा बिक्री गर्ने गरेको उनको भनाइ छ। फलफूल बेचेर दैनिक  पाँच सयदेखि एक हजारसम्म कमाउने भन्दै कहिलेकाहीँ  एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको उनको अनुभव छ।   -रासस

प्रकाशित: Oct 23, 2022| 11:41 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।