सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

 |  सोमबार, वैशाख २८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २८, २०८३

काठमाडौं। सर्वोच्च अदालतले विश्वविद्यालयलमा विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।

National life

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज विश्वविद्यालय समन्वय समितिले गत चैत २० गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भनि अल्पकालीन आदेश गरेको हो। अदालतले उक्त विषयमा आगामी जेठ ४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

आदेशमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना पाएका मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न र रिट निवेदनको एक/एकप्रति नक्कलसमेत साथै राखी पेस गर्न भनिएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष दीपक धामीसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई विपक्षी बनाइ विश्वविद्यालयका विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णयविरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो।

प्रकाशित: May 11, 2026| 17:13 सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्