मंगलबार, वैशाख २९, २०८३

नवलपुरमा बस दुर्घटना, २३ जना घाइते

पूर्वी नवलपरासीमा गएराति काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

National life

नवलपरासी- पूर्वी नवलपरासीमा गएराति काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-११ मा ना७ख ४१५ नम्बरको बस ब्रेक फेल भई सडकबाट दाहिने साइडमा पल्टिएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। 

बसमा सवार ५० जना मध्ये २३ जना घाइते भएका छन्। घाइतेहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते पाँच जनलाई थप उपचारका लागि भरतपुर पठाइएको छ। अन्य सामान्य घाइतेलाई उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 23, 2022| 09:47 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।