दार्चुला- दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणी बस्ने ३५ वर्षीय कल्चु राना र शैल्यशिखर नगरपालिका-५ आगरका २३ वर्षीय सन्तोष डाँगा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०१००१ त १४६७ नम्बरको उक्त ट्याक्टर शनिबार बेलुकी शैल्यशिखर नगरपालिका-६ उल्लानीमा दुर्घटना भएको प्रहरी निरीक्षक राजेश शाहीले बताए।
दुर्घटनामा परी शैल्यशिखर नगरपालिका-५ का २४ वर्षीय सुरेश डाँगा र २८ वर्षीय श्याम डाँगा घाइते भएका छन्। घाइते श्याम डाँगा सामान्य उपचारपछि घर फर्किएका छन् भने सुरेश डाँगाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।