मंगलबार, वैशाख २९, २०८३

आज धन्वन्तरि जयन्ती मनाइँदै, यमपञ्चक सुरु

आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको दिनको सम्झनामा आज विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ। आचार्य धन्वन्तरि प्रादुर्भाव भएको यस दिनलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाइन्छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं- आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको दिनको सम्झनामा आज विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ। आचार्य धन्वन्तरि प्रादुर्भाव भएको यस दिनलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाइन्छ।

National life

जडीबुटीमा आधारित उपचार पद्धति आयुर्वेद ५ हजार वर्ष पहिले धनवन्तरीले नै सुरु गर्नु भएको शास्त्रहरुमा उल्लेख छ। आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन्।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ।

वि.सं १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद चिकित्सालयको स्थापना भएपछि नेपालमा धन्वन्तरि जयन्ती सङ्गठित रूपमा मनाउन थालिएको हो।

यससँगै कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ हुने भएको छ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ। यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। 

यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिने छ। तिहारलाई दीपको पर्व पनि भनिन्छ। यो नेपालीको दोस्रो ठूलो चाड हो।

यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ। सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ। यसलाई नरक चतुर्दशी पनि भनिन्छ। 

यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ। चौँथो दिन मंगलबार गाईको पूजा गरिन्छ। चौथो दिन बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ। पाँचौँ दिन बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ।

प्रकाशित: Oct 23, 2022| 07:08 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।