मंगलबार, वैशाख २९, २०८३

पूर्व सांसद एवं दानकी खानी मैयादेवी श्रेष्ठको निधन

नेपाली कांग्रेस नेत एवं पूर्व सांसद मैयादेबी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं- नेपाली कांग्रेस नेत एवं पूर्व सांसद मैयादेबी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ। दानकी खानीका रूपमा चिनिएकी श्रेष्ठको गएराति १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा निधन भएको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए। 

National life

वि.सं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी मैयादेवी, पिता बीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो सन्तान हुन्। त्यसबेला वीरगञ्जमा डिठ्ठा रहेका बीरबहादुर श्रेष्ठले १९८० सालतिरै चितवनको नारायगढमा थुप्रै जमिन जोडेका थिए। 

मैयादेविकको आजै दिउसो १ वजे देवघाटमा दाहसंस्कार गरिने चितवन जिल्ला सभापति खनालले जानकारी दिए। उनलाई अन्तिम श्रद्धान्जली दिनका लागि केन्द्रिय नेताहरु समेत सहभागि हुनेछन्। 

मैयादेवीले २००३ सालमा विपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएकी हुन्। विपीले उनका औंला ब्लेडले चिरेर रगतको ल्याप्चे लगाई सदस्यता दिएका थिए। २००७ सालको क्रान्तिमा तनहुँको बन्दीपुरमै सक्रिय भएकी मैयादेवी २०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल परिन्। 

२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि भारत पलायन भएकी उनले २०१८ देखि २०२० सालसम्म ऋषिकेशमा कांग्रेसको राजनीति सक्रिय भइन्। लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहेकी उनी २०४८ सालमा गोरखा क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भइन्। २०५६ सालमा राष्ट्रिय सभामा मनोनित भइन्। २०६२/०६३ को जनआन्दोलनपछि पुनस्थापित संसदमा पनि उनी सांसद थिइन्।

अविवाहित मैयादेवी श्रेष्ठले आफ्नो जीवन समाजसेवा र राजनीतिमा लगाइन्। उनको बढी झुकाव समाजसेवामा छ। रविभवनमा रहेको नेपाल तरूण दलको केन्द्रीय कार्यालय मैयादेवी श्रेष्ठले दिएकी हुन्।  

कांग्रेसको चितवन जिल्ला कार्यालय पनि मैयादेवीले नै दान गरेको जग्गामा छ। यो जग्गालाई अहिले करोडमाथि पर्छ। मैयादेवीले चितवनमै प्रेस युनियनको भवन बनाउन १५ धुर जग्गा दान गरिन्। कांग्रेस पार्टीका लागि मैयादेवीले ६ करोड ५० लाख बराबरको जग्गादान गरेको कांग्रेस सभापति खनालले बताए। 

मुम्बईमा पढ्दै गर्दा कांग्रेसको सम्पर्कमा आएकी मैयादेवीले आफ्नो भागमा परेका सारा सम्पती लोक हितमा लगाइन्। उनका दाजु कमलप्रसाद श्रेष्ठका छोराहरु पनि समाजसेवीमा गनिएका छन्। मैयादेवीले महिलाहरुको उच्च शिक्षाका लागि भरतपुरमा मैयादेवी कन्या कलेज स्थापना गरेकी थिइन्। जहाँ अहिले ११ कक्षादेखि स्नातकोत्तर तहसम्म करिब आठसय छात्रा अध्ययनरत छन्। २०५७ सालमा १६ कठ्ठा जमिनमा बनेको कलेजमा व्यवस्थापन, मानविकी र नर्सिङ पढाइ हुन्छ।

मानव सेवा आश्रम, भरतपुर शाखाको भवन निर्माणका लागि बेलचोकको करिब २० करोड पर्ने जग्गा दान गरेको उनले बताए। मैयादेवी श्रेष्ठले दुईवटा ट्रष्टका नाममा करोडौंका मूल्यका घरजग्गा र नगद राखेर अक्षय कोष स्थापना गरेकी छन्। 

नारायणघाट बजारको तीन तले घर ट्रष्टका नाममा पास गरिदिएकी छन्। ट्रष्टले शिक्षा, स्वास्थ्य, महिला लगायतका क्षेत्रमा काम गर्दै आएको छ। देवघाटमा २०५४ सालमा स्थापित ओम शान्ति मैयादेवि ट्रष्ट सक्रिय छ भने मैयादेवी ट्रष्ट पनि क्रियाशील छ।

प्रकाशित: Oct 23, 2022| 06:58 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।