मंगलबार, फागुन १९, २०८२

सीपीसी सम्मेलन हलबाटै हटाइए पूर्वराष्ट्रपति हु जिन्ताओ

हुलाई सम्मेलन हलबाट बाहिर निकालिएपनि यसको कारण भने खुलाइएको छैन।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीको शनिबार सम्पन्न समारोहबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई अप्रत्यासित रुपमा बाहिर निकालिएको छ। हुलाई सम्मेलन हलबाट बाहिर निकालिएपनि यसको कारण भने खुलाइएको छैन। 

सम्मेलन हलको अगाडि बसिरहेका ७९ वर्षीय नेता हु आफू बसेको सिटबाट हट्न तयार नदेखिएका सार्वजनिक भिडियोमा देखिन्छ। हुलाई एक नेताले पाखुरामा समातेरै हटाउन खोजेको देखिन्छ। हु भने उठ्न तयार नदेखिएपछि दुवै हातले समातेर उचाल्दै गरेको दृश्य सामाजिक सञ्जालमा सेयर भइरहेको छ। 

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले हु बिरामी भएको दाबी गरेको छ। पूर्ण रुपमा निको नभइसकेकाले उनलाई आराम गर्नका लागि हलबाट अन्यत्र जान आग्रह गरिएको दाबी उसको छ। 

पूर्वराष्ट्रपति हुप्रति अपमानजनक व्यवहार गरिएको विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ।हुले २००३ देखि २०१३ सम्म चीनको नेतृत्व गरेका थिए। 

सी जिनफिङलाई पुन: महासचिवमा चयन गर्दै सीपीसीको २०औं महाधिवेशन सम्पन्न भएको छ। सी तेस्रो कार्यकालका लागि महासचिवमा सर्वसम्मत चयन भएका हुन्।

kumari

प्रकाशित: Oct 22, 2022| 21:15 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।