मंगलबार, वैशाख २९, २०८३

ईश्वर पोखरेललाई खेलाडीको साथ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं-५ का प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेका छन्।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं-५ का प्रतिनिधि सभा उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेका छन्।

National life

काठमाडौंको महाराजगञ्जमा शनिबार आयोजित कार्यक्रममा खेलाडीहरु हरि खड्का, राकेश श्रेष्ठ, दीपक तामाङ, कमल तामाङ, सञ्जु महर्जन, अमर लामासहितका खेलाडीले काठमाडौं-५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेल, प्रदेश सभा ५ (१) का दीपक निरौला र ५ (२) का नारायण सिलवाललाई साथ दिने घोषणा गरेका हुन्। खेलाडीहरुसँग ईश्वर पोखरेल नामक कार्यक्रममा खेलाडीहरुले एमालेको पालामा खेल क्षेत्रमा उल्लेख्य काम भएको भन्दै साथ दिने बताए।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेसँधै खेलाडीहरुको साथमा रहेको बताए। एमालेको पालामा एउटा पालिका, एउटा खेलकुद ग्रामको सुरुवात गरेको बताउँदै उनले काठमाडौं क्षेत्र नम्बर ५ को  टोखा र बुढानीलण्ठका कभर्ड हल निर्माण गरिएको जानकारी दिए। 

भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माणदेखि देशभरका खेलाडीको बिमा कार्यक्रम र दक्षिण एशियन खेलकुद प्रतियोगिता तथा ओलम्पिकका विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था एमाले सरकारले गरेको उनले स्मरण गरे। 

काठमाडौं-५ मा प्रतिनिधि सभाका लागि गठबन्धनले कांग्रेसका प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ। पौडेल र पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

प्रकाशित: Oct 22, 2022| 20:32 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।