मंगलबार, फागुन १९, २०८२

नौ महिने छोरीको हत्या गर्ने बाबुलाई मृत्युदण्ड

ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

वाशिङ्टन- ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ। 

बेन्जामिन कोल गम्भीररूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो। गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागु भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन्।

स्टेचरमा बाँधिएका कोलले इशा मसीहलाई केही क्षण सम्झिएका थिए। त्यसपछि उनलाई दश बजेर छ मिनेट जाँदा घातक औषधि दिइएको थियो। दश बजेर १२ मिनेट जाँदा उनी बहोस भइसकेका थिए। त्यसपछि पनि मृत्यु कक्षमा उनी घुरेको आवाज सुनिएको थियो। अन्ततः कारागार प्रशासनले १० बजेर २२ मिनेटमा उनलाई मृत घोषणा गर्‍यो। 

कोलले सन् २००२ मा आफ्नी नौ महिनाकी छोरी ब्रायना कोललाई जबरजस्ती पछाडि झुकाएर उनको मेरुदण्ड भाँच्नका साथै रक्त धमनी च्यातेर मारेका थिए। गम्भीर रूपमा मानसिक बिरामी उनले उक्त अपराध गरेको उनका वकिलहरूले स्वीकार गरेका छन्। 

मृत्युदण्डबाट बचाउन राज्यको क्षमादान समितिसमक्ष गरिएको अपिलका पक्षमा एक मत परेका थियो भने विपक्षमा तीन जनाले मतदान गरेका थिए। नवजात शिशुको हत्याबाट पीडित भएका परिवारका सदस्यले समितिसमक्ष क्रुर हत्याका निम्ति कोलले मृत्युदण्ड पाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए।

kumari

भिडियो गेम खेलिरहेका बेला छोरी रोएपछि आक्रोशित भएका उनले शिशुको ज्यान लिएका थिए। अभियोजकहरूले पनि कोल गम्भीर मानसिक बिरामी नभएका र संविधान तथा न्यायशास्त्रमा उनको मृत्युदण्ड रोक्ने कुनै व्यवस्था नभएको बताएका छन्। 

प्रकाशित: Oct 22, 2022| 23:30 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।