मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पेन्टागनका प्रमुखद्वारा रुसी समकक्षीलाई युक्रेनबारे सम्पर्क कायम राख्‍न आग्रह

पेन्टागनका प्रमुखद्वारा रुसी समकक्षीलाई युक्रेनबारे सम्पर्क कायम राख्‍न आग्रह

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफ्ना रुसी समकक्षी सेर्गेइ शोइगुलाई युक्रेनमा जारी युद्धबारे ‘सञ्चारका बाटाहरू’ खुला राख्न आग्रह गरेका छन्।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

वाशिङ्टन- अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफ्ना रुसी समकक्षी सेर्गेइ शोइगुलाई युक्रेनमा जारी युद्धबारे ‘सञ्चारका बाटाहरू’ खुला राख्न आग्रह गरेका छन्। 

दुई नेताबीच शनिबार भएको टेलिफोन वार्तामा उहाँहरूबीच खासगरी युक्रेन द्वन्द्व र यसका असरबारे कुराकानी भएको बताइएको छ।

'विदेशमन्त्री अस्टिनले युक्रेनविरुद्ध जारी युद्धबीच सञ्चारको लाइन कायम राख्नुपर्नेमा जोड दिनुभएको छ,' अमेरिकी सेनाका ब्रिगेडियर जनरल प्याट राइडरले फोनपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ।

रूसले युक्रेनमा गरेको आक्रमणका कारण विश्वव्यापी रूपमा आर्थिक असर परिरहेका समय दुई देशका रक्षामन्त्रीबीच भएको टेलिफोन वार्ता समस्या समाधानका लागि एउटा आशाको किरणका रुपमा आएको छ। 

यद्यपि समाचार तयार पार्दासम्म कुराकानीबारे बिस्तृत विवरण भने अझै आइसकेको छैन। 

kumari

प्रकाशित: Oct 23, 2022| 05:30 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।