मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रामाफोसा ‘भ्रष्ट र देशद्रोही’ बनेको दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाको भनाइ

रामाफोसा ‘भ्रष्ट र देशद्रोही’ बनेको दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाको भनाइ

यसै वर्षको सुरुमा रामाफोसाले आफ्नो सुविधासम्पन्न गोठमा करोडौं डलरको नगद चोरी लुकाएको भन्ने आरोपबारे जुमाले पहिलो प्रतिक्रिया दिँदै ‘राष्ट्रपति भ्रष्ट भएको’ बताएका हुन्।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

कोपेनहेगन- दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले आफ्ना उत्तराधिकारी सिरिल रामाफोसाले राष्ट्रपतिले ‘भ्रष्टाचार र देशद्रोह’ गरेको आरोप लगाएका छन्। 

यसै वर्षको सुरुमा रामाफोसाले आफ्नो सुविधासम्पन्न गोठमा करोडौं डलरको नगद चोरी लुकाएको भन्ने आरोपबारे जुमाले पहिलो प्रतिक्रिया दिँदै ‘राष्ट्रपति भ्रष्ट भएको’ बताएका हुन्। 

जोहानेसबर्गमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'राष्ट्रपतिले देशद्रोह गरेका छन्। कुनै पनि राष्ट्रपतिले पदमा रहँदा निजी व्यवसाय सञ्चालन गर्नु हुँदैन। यो राष्ट्रपतिले लिएको सपथ विपरीत कार्य हो। हाम्रो देशको राष्ट्रपतिका लागि समस्याहरूको ठूलो थुप्रो छ तर उहाँ आफ्नो बचाउका लागि व्यस्त हुनुहुन्छ।'

पूर्व राष्ट्रिय गुप्तचर प्रमुख आर्थर फ्रेजरले देशको उत्तरपूर्वमा रहेको रामाफोसाको फाला फाला फार्मबाट लुटेराहरूले फर्निचरमा लुकाएर राखिएको ४० लाख अमेरिकी डलर नगद लुटेको र उक्त रकमको स्रोत नखुलेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि यो छानविन सुरु भएको थियो।   

जुमाका सहयोगी फ्रेजरले रामाफोसाले प्रहरी र कर अधिकारीहरूबाट डकैती लुकाएको आरोप लगाएका थिए। राष्ट्रपतिले उक्त घटनामा संलग्न लुटेराहरूको अपहरण गरी सोधपुछ गर्ने व्यवस्था गरेको र त्यसपछि उनीहरूलाई मौन बस्न घूस दिइएको आरोप फ्रेजरले लगाए।

kumari

राष्ट्रपतिट्रम्पले चोरी भएको स्वीकार्नुभएको छ छ तर अपहरण र घूसखोरीको आरोप अस्वीकार गर्दै आफूले प्रहरीलाई घटनाबारे जानकारी गराएको बताएका छन्। रामाफोसाले यसमा संलग्न रकमको बारेमा पनि विवाद गर्नुभएको छ। उक्त नगद पशु–प्रजनन फार्मको कामको वैध कारोबारबाट आएको उनले बताए। 

दक्षिण अफ्रिकाको भ्रष्टाचार विरोधी निगरानी निकाय र प्रहरीले अनुसन्धान सुरु गरेको छ। यस सम्बन्धमा पूर्व राष्ट्रपति जुमाले भने, 'वर्तमान राष्ट्रपतिविरुद्ध धेरै अपराधका बारेमा हुने प्रश्नमा मौनता रहेको छ।'

रामाफोसाले पार्टीको वर्षको अन्त्यमा हुने सम्मेलनमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने अपेक्षा गरिएसँगै सत्तारुढ अफ्रिकन नेसनल काङ्ग्रेस पार्टीभित्र चर्किरहेको तनावबीच यो मुद्दाले राष्ट्रपतिमाथि दबाब सिर्जना गरेको छ।

प्रकाशित: Oct 22, 2022| 23:00 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।