मंगलबार, वैशाख २९, २०८३

डेंगुबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ५२ पुग्‍यो

गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ। मुलुकका ७७ वटै जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

National life

काठमाडौं- डेंगुका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म डेंगुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ। मुलुकका ७७ वटै जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ।

आज ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सात सय ९८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। आज ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय १६ छ। हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ।

 शनिबार २३ हजार छ सय सात जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन्।

प्रकाशित: Oct 22, 2022| 19:06 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्