मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरा, कञ्‍चनपुर र डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

पोखरा, कञ्‍चनपुर र डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

पोखरा महानगरपालिका-११ फुलबारी घर भइ सोही महानगरपालिका-९ बास्तोलाथर बस्‍ने रमेश गुरुङको बेलबोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं- पोखरा महानगरपालिका-११ फुलबारी घर भइ सोही महानगरपालिका-९ बास्तोलाथर बस्‍ने रमेश गुरुङको बेलबोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

National life

उक्त रेष्टुरेन्टमा जुवातास खेलाइरहेको भन्‍ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार १ सय ३० रुपैयाँ र ५२ पत्ती तास सहित पक्राउ गरेको हो।

कञ्‍चनपुर, भिमदत्त नगरपालिका-१९ बागफाटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा दानीसमेत १९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। उनको घरमा जुवातास खेलिरहेको भन्‍ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार १ सय १२ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो

डडेल्धुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित दोस्ती वाइन सप (होटल)मा जुवातास खेलिरहेको अवस्थामा सोही सपका सञ्‍चालक ३७ वर्षीय गंगा दत्त भट्ट सहित ६ जनालाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

उक्त सपमा जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ७० रुपैयाँ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Oct 22, 2022| 19:45 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।