मंगलबार, असोज १, २०८१

सुनसरी १ : दुबै गठबन्धनको चुनावी अभियान फितलो, स्वतन्त्रलाई लाभ

गठबन्धनको पहिलो सामूहिक कार्यक्रम नै अत्यन्तै फितलो भएपछि स्वतन्त्र उम्मेदवार मनोज मेन्याङबोलाई हौसला मिलेको छ। यसअघि एमाले जसपाको विपक्षी गठबन्धनका भेलाहरू पनि फितलो बनेको कारण उनी हौसिएका हुन्।
 |  शनिबार, कात्तिक ५, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

शनिबार, कात्तिक ५, २०७९

इटहरी- सुनसरी १ मा यसपटक त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धन, नेकपा एमाले-जनता समाजवादी पार्टी गठबन्धन र स्वतन्त्रबीचको चुनावी भिडन्त रोचक बन्‍ने भएको हो। गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा हर्कराज राईको विजयले स्वतन्त्र अभियान बलियो बन्दै गएको छ। जसको प्रभाव प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत देखिने अनुमान गरिएको छ। 

triton college

सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका मुक्साहाङ मेन्याङबो उम्मेदवार भएका छन्। विपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टीका अशोक राई प्रतिस्पर्धामा छन्। नेकपा एमालेका प्रभावशाली छवि बनाएका पूर्व मेयर मनोज मेन्याङबोको उम्मेदवारीले दुवै गठबन्धनलाई समस्यामा पारेको छ। 

शुक्रबार सत्ता गठबन्धनको चुम्लुङ हलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा प्रमुख अतिथि थिए, नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल। उपस्थिति कम हुँदा ढिला गरी सुरु भएको कार्यक्रममा प्रमुख अतिथि डा. रिजाल बोल्न‍े पालो हुँदा झन कम मानिसहरु मात्रै बाँकी रहे। 

नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले  नै कार्यक्रमप्रति चाख दिएनन्। कार्यक्रममा सम्बोधन गर्ने क्रममा डा. रिजालले टिकट नपाएको कुरा सम्झिए। टिकट नपाए पनि गठबन्धनको पक्षमा मत माग्‍ने बाचा गरे। गठबन्धनको जितले धरानमा पुरानो माहोल फर्काउने र लगानीका नयाँ अवसर सिर्जना हने उनले प्रस्ट पारे। आफ्नो जन्म तिथिमा जन्मस्थान धरानबाट गठबन्धनको पक्षमा भोट माग्‍न पाएकोमा उनले खुसी व्यक्त गरे। उनको भाषणले पनि माहोल खासै तताउन सकेन। बरु उनी आफैँ तातिए। 

गठबन्धनको पहिलो सामूहिक कार्यक्रम नै अत्यन्तै फितलो भएपछि स्वतन्त्र उम्मेदवार मनोज मेन्याङबोलाई हौसला मिलेको छ। यसअघि एमाले जसपाको विपक्षी गठबन्धनका भेलाहरू पनि फितलो बनेको कारण उनी हौसिएका हुन्। अहिले दुबै गठबन्धनभन्दा मनोजको चुनाव प्रचार आक्रामक र जनसहभागिता केन्द्रित बन्दै गएको छ। 

Metro Mart
vianet

सत्तारुढ गठबन्धनभित्र आन्तरिक समस्याको कारण चुनावी अभियान प्रभावकारी नबनेको स्थानीय नेताहरू बताउँछन्। कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेको पूर्व मेयर तिलक राई आफैँ कार्यक्रमको अन्त्यमा मात्र देखिए। चुनावी समन्वयको विषयका कुरा गर्दा आफूलाई केही थाहा नभएको भन्दै उनी झर्किए। उनले भने, ‘मलाई किन सोध्नु हुन्छ? सोध्नु अगाडीका नेताहरूलाई। मलाई थाहा छैन।’ केही समयपछि केही शान्त हुँदै अहिले खासै समन्वय भएजस्तो नलागेको उनले बताए। 

प्रकाशित: Oct 22, 2022| 18:21 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...