सोमबार, कात्तिक १७, २०८२

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

 |  सोमबार, कात्तिक १७, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०८२

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ। उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो।

Kumaribank

दमसम्बन्धी समस्या खेप्दै आएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुतेका थिए। 

उनको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उनका छोरा नेता खतिवडाले जानकारी दिनुभयो।

स्व.खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महान्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए।  स्व. खतिवडाका श्रीमती, पाँच छोरा र एक छोरी छन्।

प्रकाशित: Nov 03, 2025| 11:44 सोमबार, कात्तिक १७, २०८२
प्रतिक्रिया दिनुहोस्