बिहीबार, माघ ३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • शरद-रोशनी हत्या प्रकरण : खुलेन हत्याको रहस्य, आफन्तमाथि नै प्रहरीको अनुसन्धान

Siddartha premir insuranceSiddartha premir insurance

शरद-रोशनी हत्या प्रकरण : खुलेन हत्याको रहस्य, आफन्तमाथि नै प्रहरीको अनुसन्धान

शरद आचार्यको हत्या गरेका आरोपीले रोशनी महतारा चिच्याएपछि रहस्य खुल्ने डरले बालिकाको पनि हत्या गरेको हुनसक्ने प्रहरी स्रोतले बताउँछ।
 |  शनिबार, कात्तिक ५, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

शनिबार, कात्तिक ५, २०७९

ntc landingntc landing

नेपालगन्‍ज- बाउसँग आमाले छोडपत्र गरेपछि शरद आचार्य आमासँगै मावलीमा बसेर पढ्थे। दाङको दंगीशरण गाउँपालिका ६ थपगाउँ घर भएका १४ वर्षीय किशोर शरद मावली घर दमारगाउँमा बसेर अम्बापुर माविमा कक्षा ८ मा पढ्ने विद्यर्थी हुन्। 

himalayan bank box

तर, उनी असोज २७ गतेदेखि हराए। र उनीसँगै हराएको थिइन्, सोही विद्यालयमा अध्ययन गर्ने १५ वर्षीय रोशनी महतारा। रोशनी तुलसीपुर उपमहानगर पालिका १३ दमारगाउँकी हुन्। उनका आमाबुवा कमाउन भारत गएका थिए। घरमा दुई दिदीबहिनी बस्दै आएका थिए। 

सोही दिन राति एक जनाले नै आचार्यका मावली हजुरबुवालाई फोन गरेर नाति कहाँ छ?  भनेर सोधेका थिए। त्यो सोध्‍ने को थियो? ती ब्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको भनेको छ। 

असोज २८ गते आचार्यकी मावली हजुरआमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता भएको खबर गरिन्। परिवारले सुरूमा शरद र रोशनी प्रेममा परेर सल्लाहबाटै भागेको सहज अनुमान गरे। तर खोजी कार्य पनि जारी राखे। 

खोजीकै क्रममा तुलसीपुर उपमहानगरपालिका – १३  जनकल्याण सामुदायिक वनको जंगलमा केहि शंकास्पद संकेतहरु देखा परे। 

जंगलको नयाँ बाटोमा पाइलाहरु देखेपछि हजुरबालाई आशंका लाग्यो। हेर्दे जाने क्रममा एउटा खोल्सा भेटियो। र खनेर बाहिर निकालिएको र फेरी खाल्डो पुरिएको नयाँ माटो देखेपछि खोतल्ने क्रममा शब फेला पर्‍यो। त्यहि खाल्डोबाट प्रहरीले शरद र रोशनीको शव निकाल्यो।  

घटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दूरीमा रहेको छ भने कौवापुर प्रहरी चौकीदेखि झन्डै पाँच सय मिटरकै दूरीमा छ। तुलसीपुर बजारदेखि झन्डै १३ किलोमिटर दक्षिणमा रहेको छ। उनीहरू दुवैको शरीरमा धारिलो हतियार प्रहार गरिएको थियो। उनीहरूबीच प्रेम सम्बन्ध रहेको बुझिएको छ। 

अनुसन्धानमा प्रहरी

तुलसीपुर– १३ को जनकल्याण सामुदायिक वनको जंगलमा शरद–रोशनी मृत अवस्थामा भेटिएको एक साता पुगेको छ। तर प्रहरीले अझैसम्म वास्तविक घटना बाहिर ल्याउन सकिरहेको छैन। पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले कात्तिक १ गते घटनास्थल नजिकैबाट दुई वटा मोबाइल र रोशनीको चप्पल फेला पारेको थियो। शरदको जुत्ता अझै भेटिएको छैन।  

घटनामा संलग्‍न रहेको आरोपमा सल्यानको कपुरकोट गाउँपालिका – ६ निवासी २१ वर्षका सुशील पुन मगर र मकवानपुरको हेटौंडा नगरपालिका – ८ निवासी २४ वर्षका सुवाश थिङ सहित गाउँका तीनजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुशील तुलसीपुरको रानीजरुवामा कोठा भाडामा लिएर बस्दै आएका व्यक्ति हुन् भने हेटौंडा घर भएका थिङ टिप्पर चालक हुन्। 

प्रकाशित: Oct 22, 2022| 17:06 शनिबार, कात्तिक ५, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।