आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • उम्मेदवारलाई मतदाताको प्रश्‍न - बाँदर नियन्त्रण गर्ने योजना छन्?

Siddartha premir insuranceSiddartha premir insurance

उम्मेदवारलाई मतदाताको प्रश्‍न - बाँदर नियन्त्रण गर्ने योजना छन्?

बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतंकले किसानले हैरानी खेपेका छन्। उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएको बताउँदै यसपटक हाम्रो उम्मेदवारसँगको एक सूत्रीय माग भनेको बाँदर नियन्त्रण गर्नेलाई भोट दिने बताएका छन्। बलेवा, कुस्मिशेरा, जैदी, छिस्ती, राङ्खानीलगायत क्षेत्रमा बाँदरका कारण यहाँका किसानले खेतीपाती गर्न नसकेको गुनासो गरेका छन्।
 |  शनिबार, कात्तिक ५, २०७९
nespernesper

रासस

रासस

शनिबार, कात्तिक ५, २०७९

बागलुङ- उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन्। चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन्। तर, बागलुङका दक्षिण भेगका जनताले उम्मेदवारलाई यसपटक फरक माग सुनाएका छन्। बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनताले यसपटक घर आगनमा भोट माग्न आएका उम्मेदवारलाई एक स्वरमा भनेका छन्, 'यसपालिको भोट बाँदर नियन्त्रण गर्नेलाई।'  

triton college

बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतंकले किसानले हैरानी खेपेका छन्। उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएको बताउँदै यसपटक हाम्रो उम्मेदवारसँगको एक सूत्रीय माग भनेको बाँदर नियन्त्रण गर्नेलाई भोट दिने बताएका छन्। बलेवा, कुस्मिशेरा, जैदी, छिस्ती, राङ्खानीलगायत क्षेत्रमा बाँदरका कारण यहाँका किसानले खेतीपाती गर्न नसकेको गुनासो गरेका छन्। 

चुनावी अभियानअन्तर्गत बागलुङ नगरपालिका–१४ गार्लुङका स्थानीयलाई भोट माग्न कोदो बारीमै पुग्नुभएको नेकपा (एमाले)बाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका डा. सूर्य पाठकलाई यहाँका किसानले यस पटकको भोट बाँदर नियन्त्रणको वाचा गर्नेलाई दिने बताएका छन्। गार्लुङका स्थानीय सीता पौडेलले गलुवाको पहिरो र बाँदरले यहाँका जनताले सास्ती खेपेको बताउँदै बाँदर नियन्त्रणको योजनालाई समेटेर आउने उम्मेदवारलाई भोट दिने बताए। 

'जनताको सेवा सुविधाका लागि मतदान गर्ने हो, यस पटक बलेवाबाट सङ्घीय र प्रदेशका लागि दुई जना उम्मेदवारले प्रतिनिधित्व गर्दै हुनुहुन्छ हामी खुसी छौँ तर हाम्रो अहिलेको मुख्य माग भनेको बाँदर नियन्त्रण हो', पौडेलले भने, 'सडक, शिक्षालगायत पूर्वाधार बन्दै गएका छन् तर यहाँका जनताले बाँदरकै कारण उठिबास लाग्ने बनाएको छ, उर्वर भूमि रहेको बलेवामा बाँदरका कारण भिर छेउको जग्गा बाँझै रहन गएको छ, कतिले बाँदरकै कारण बसाइँसराइ गरेर गए।'

सीता मात्रै हैन गार्लुङकै अनिता पौडेलले समेत बाँदर नियन्त्रण गर्न सके अहिले निर्वाचित हुने जनप्रतिनिधिले यहाँ अन्य काम नगरे पनि हुने बताए। उनले बागलुङ नगरपालिका–१० स्थित गलुवाको पहिराले समेत बलेवासहित दक्षिण भेगका जनताले दुःख पाएको बताए। 

Metro Mart
vianet

'गलुवाको पहिरोका कारण हामीले भारी बोकेर करिडोर र कुस्मा पुगेर खाद्यन्न ल्याउन परेको छ', अनिता पौडेलले भने, 'अहिलेको भोट गलुवाको पहिरो नियन्त्रणका लागि पहल गर्ने र बाँदर नियन्त्रणको योजना ल्याउनेलाई दिने योजना यहाँका जनताको छ।' गलुवामा पहाडै बगाउँदा असारयता मात्रै तीन महिना सडक बन्द भएको थियो। पहिरो नियन्त्रणका लागि मात्रै रु चार करोड खर्च लाग्ने भएपछि गलुवाको पहिरो चुनावी मुद्दा बनेको छ। 

बागलुङको राजनीतिमा आफ्नो पकट जमाउँदै आएको बलेवा क्षेत्रबाट नेकपा (एमाले) र गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवार उठाएको छ। निर्वतमान सांसदसमेत रहेका एमालेका उम्मेदवार डा सूर्य पाठक प्रतिनिधिसभा र गठबन्धबाट कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट चुनावी मैदानमा आउनुभएको छ। 

कांग्रेसका युवा नेता तथा प्रदेशसभा सदस्यका उम्मेदवार सुवेदीले यहाँका जनताको माग अन्य क्षेत्रको भन्दा फरक भएको बताए। उनले बसाइँसराइ र बाँदरका कारण बागलुङको उर्वरभूमि दक्षिण भेग समस्यामा परेको बताए। 

'म बागलुङको दक्षिण भेगको जनाताको घरदैलोमा पुग्दै गर्दा बाँदर नियन्त्रणका लागि जनताले धेरै आग्रह गर्नुभएको छ, शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीको माग त पुरानै हो, बाँदर नियन्त्रणका लागि कानुनी विषयमा समेत छलफल गर्नुपर्ने अवस्था आएको छ, म निरन्तर बाँदर नियन्त्रणका लागि आवश्यक उपायको खोजीका लागि आविस्कार केन्द्रको समेत सम्पर्कमा छु', उम्मेदवार सुवेदीले भने, 'अत्यधिक बाँदर लाग्ने स्थानमा अदुवा, बेसार, कागतीलगायत नगदेबाली लगाउने र बाँदर नियन्त्रणका लागि आवश्यक उपकरणको व्यवस्थापन गर्ने योजनामा छु।'

बाँदरलाई हत्या गर्न नपाइने भएकाले बाँदर नियन्त्रण गर्न समस्या भएकाले कानुन निर्माण गर्न आवश्यक रहेको एमाले उम्मेदवार डा पाठकले बताए। बागलुङको दक्षिण भेगकै प्रतिनिधत्व गर्ने उम्मेदवार भएको हैसियतले मेरो जनतालाई पहिलो सुझाव बाँदर नियन्त्रणका लागि अब कानुनी सहयोग आवश्यक रहेको बताउनुभयो। 'कानुनअनुसार बाँदरको हत्या गर्न पाइँदैन, धपाएका बाँदर पुनः फर्केर आउने समस्या पुरानै हो', डा पाठकले भने, 'बाँदरको उपयोगिताका विषयमा पुनर्विचार गर्ने समय आएको छ, मानिसको जीवनभन्दा ठूलो बाँदर हैन, बाँदरका कारण बस्तीनै रित्तिने अवस्थाको अन्त्य गर्न आफू लाग्ने बताए। 

बागलुङको नारायणस्थान, पैयुपाँटा, अमलाचौर, कुश्मिसेरा, जैदि, छिस्ती, राङ्खानी, दमेक र बरेङ गाउँपालिकाको केही भेगमा बाँदरको समस्या बढी रहेको छ। तीन वर्षअघि बागलुङको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाएको भए पनि प्रभावकारी हुन सकेन। बाँदर नियन्त्रणका लागि रु पाँच लाग बजेट विनियोजन गरेर बाँदर धपाउने यन्त्र वितरण गरे पनि सुरुमा प्रभावकारी बनेको उपकरण पछिल्लो समय प्रभावकारी नबनेको जैमिनी नगरपालिकाका किसानको गुनासो छ।  

प्रकाशित: Oct 22, 2022| 18:00 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।