मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुनः चयन भए सी जिनपिङ

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुनः चयन भए सी जिनपिङ

सर्वोच्च नेता सी महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन्।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई पुनः महासचिवमा चयन गरेको छ। सर्वोच्च नेता सी महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन्।

गत १६ अक्टोबरदेखि बेइजिङमा सुरु भएको महाधिवेशन शनिबार सम्पन्न भएको छ। महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ। सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो। 

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ। महाधिवेशनबाट उच्च तहका चार नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा यसअघि पोलिटब्युरो स्थायी समितिमा रहेका  ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन रहेका छन्।

ली खछ्याङ प्रधानमन्त्री हुन् भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सका अध्यक्ष। यस्तै, ली चान्सु चिनियाँ जनकांग्रेसका अध्यक्ष हुन् भने हान झेन उपप्रधानमन्त्री।

प्रकाशित: Oct 22, 2022| 16:26 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।