मंगलबार, वैशाख २९, २०८३

ताप्लेजुङमा तीन साताभित्र ३०६ तोला सुन बरामद

गत असोज १७ गते सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित मनी ट्रान्सर्फरमा भएको लुटपाटमा उक्त सुन र नगद बरामद गरिएको हो।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

फुङ्लिङ- तीन साताभित्र ताप्लेजुङमा तीन सय छ तोलाभन्दा बढी सुनसहित छ लाखभन्दा बढी नगद प्रहरीले बरामद गरेको छ। गत असोज १७ गते सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित मनी ट्रान्सर्फरमा भएको लुटपाटमा उक्त सुन र नगद बरामद गरिएको हो।

National life

ताप्लेजुङको फुङ्लिङस्थित कञ्चन मनी ट्रान्सर्फरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये शुक्रबार साँझसम्ममा प्रहरीले ३०६.६१ तोला सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार बेलुका फुङ्लिङ नगरपालिकामा निर्माण हुँदै  गरेको नयाँ बसपार्क छेउमा खाल्डो खनी पुरेको अवस्थामा ३३ थान अर्थात् ४६.६१ तोला सुनका गहना फेला पारिएको जिल्ला प्रहरी कार्यालय प्रमुख (डिएसपी) कैलाश राईले बताए। 

शुक्रबार दिउँसो प्रहरीले फुङ्लिङ नगरपालिका–४ स्थित जङ्गलमा प्रहरीले थप ८९ थान अर्थात एक सय १७ तोला सुनका गहना फेला पारेको थियो। यस अगाडि नै एक सय ४३ तोला सुन प्रहरीले बरामद गरिसकेकामा शुक्रबार फेला परेका ४६.१ र ११७ तोला गरी यसअघि बरामद गरिएको एक सय ४३ तोलाम गरी ३०६.६१ तोला सुन र नगद छ लाख १३ हजार तीन सय ४० प्रहरीले फेला पारेको उक्त कार्यालयले जनाएको छ।

लुटपाटमा संलग्न चार आरोपीलाई नियन्त्रणमा लिइएकामा उनीहरूको साथबाट बरामद गरेको नगद तथा सुनका गरगहनासमेत बरामद गरिएको थियो। प्रहरीका अनुसार पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल रहेका छन्। 

बरामद गरिएका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान पनि सार्वजनिक गरिएको थियो। यता कञ्चन मनी ट्रान्सर्फरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको उल्लेख गरिएको छ। यसैगरी तीन करोड ३९ लाख ९९ हजार छ सय  बराबरको तीन सय ४८ तोला सुन पनि लुटपाट भएको जनाइएको छ।

पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए। उनले भने, ‘सुन कारोबारको इजाजत छ वा छैन। कागजात मागेका छौँ। अनुसन्धान हुन्छ।’ आरोपीहरुले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई असोज १७ गते बिहान पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र सुनका गरगहना लुटपाट गरेका थिए। लुटपाटमा संलग्नभएकाहरु  लागुपदार्थ सेवनकर्ता भएका प्रहरीको अनुसन्धानले जनाएको छ। 

उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौंस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। आरोपीविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

फुङ्लिङ नगरपालिका–२ बस्ने २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल कुनै बेला सदरमुकाममा सुन पसल गर्दथे। त्यसैले  कञ्चन मनी ट्रान्सर्फरबारे उनमा राम्रो जानकारी थियो। प्रहरीसमक्ष गरिएको स्वीकारोक्तिमा त्यहाँ जाँदा पर्तेलले पछाडिको ढोका प्रयोग गर्दथे।

 सुन र नगद राख्ने दराजबारे भेउ राम्रोसँग पाएका उनले   एकदिन साथीहरुसँग काठमाडौंमै बसेर योजना बनाए। बाँकी तीन जनालाई लुटपाट गर्ने योजनामा त्यही सहभागी गराए। ती अभियुक्त  झापामा आएपछि आइएमईको बारेमा विस्तृत योजना बनाइयो। 

सदरमुकामस्थित एक होटलमा आएर बास बसेका उनीहरुमध्ये  एक जनाले आइएमई कर्मचारीलाई फोन गरेर ज्याकेट राखेको सुन उकास्न आउने सूचना दिए। उनीहरुले टिपाएको नाम भएका व्यक्तिको सुन जाकेट रेकर्डमा नभएको सम्बन्धित कर्मचारीले जानकारी दिए। उनीहरुमध्ये एक जनाले फेरि अर्को नाममा सुनको ज्याकेट राखेको नाम दिँदा कर्मचारीले अर्को दिन आउन आग्रह गरे।

असोज १७ गते बिहान बजार केही सुनसान भएको बखतमा पर्तेलसहित चारमध्ये एकजना आइएमई आउनुअघि ज्याकेट राख्न दिएको व्यक्तिको नाम खातामा हेर्न लगाए र लगत्तै बाँकी दुई जनाले कर्मचारीलाई नियन्त्रणमा लिए अनि  एक जनाले टेबलमाथि चढेर सिसी क्यामेराको तार चुडाएर नगद र सुन लुटेका थिए। प्रहरीले बसपार्कमै केही सुन र नगदसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो।  -रासस

प्रकाशित: Oct 22, 2022| 15:26 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।