मंगलबार, वैशाख २९, २०८३

कर्णालीका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील

सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन्।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

सुर्खेत- सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन्। 

National life

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन्। 

जिल्लाका निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्। कालीकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन्।

त्यसमध्ये, सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुमपश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन्। जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील रहेका छन्। 

जसमध्ये, सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, रुकुमपश्चिमका ४३, डोल्पाका २६, कालीकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन्।

प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य रहेका छन्। कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपत्का कारणले गर्दा अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको बताएका छन्। अबको केही दिनमै मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन्।

कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चार सय तीन मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता रहेका छन्।

कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र पारिएको छ। यता निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थालाई कडाइ गर्नेगरी तयारी गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिले बताएका छन्। 

समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अतिसंवेदनशील र संवेदनशील निर्वाचन केन्द्रका लागि सुरक्षा व्यवस्था मजबुद बनाइने बताए। उनले भने, 'सुर्खेतका सन्दर्भमा कुराकानी गर्दा सेनाबाहेक तीन हजारभन्दा धेरै प्रहरी निर्वाचनका लागि परिचालन हुँदैछन्। जिल्लामा निर्वाचनका बेला शान्तिसुरक्षा कायम गर्न हाम्रो तयारी तीव्र छ।'

प्रकाशित: Oct 22, 2022| 13:23 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।