शुक्रबार, भदौ ५, २०८३

एमालेमा अध्यक्षबाहेक सबै पदाधिकारी केन्द्रीय कमिटीले चुन्ने

नेकपा (एमाले)ले अध्यक्षलाई शक्तिशाली बनाउने संगठनात्मक संरचना बनाउने भएको छ। पार्टीले विधान संशोधन प्रस्ताव पारित गर्दै उक्त प्रस्ताव पारित गरेको हो।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– नेकपा (एमाले)ले अध्यक्षलाई शक्तिशाली बनाउने संगठनात्मक संरचना बनाउने भएको छ। पार्टीले विधान संशोधन प्रस्ताव पारित गर्दै उक्त प्रस्ताव पारित गरेको हो। 

भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको विधान संशोधनमा अहिलेको संरचनामा व्यापक हेरफेर प्रस्ताव गरिएको छ। 

केन्द्रीय कमिटी २२५ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ। अब एमालेमा महाधिवेशनबाट अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने र अन्य पदाधिकारी केन्द्रीय कमिटीले छान्न प्रस्ताव गरिएको छ। 

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एमालेमा अब उपाध्यक्ष २, उपमहासचिव २ र सचिव ७ जना रहने प्रस्ताव गरिएको जानकारी दिए। अहिले एमालेमा ५ जना उपाध्यक्ष, दुई उपमहासचिव र ५ सचिव रहने व्यवस्था छ। विधान अधिवेशनबाट यो प्रस्ताव पारित भएर लागू हुनेछ। 

एउटा महाधिवेशनबाट अर्को महाधिवेशनसम्म निर्धक्कसम्म काम गर्न सक्छ भन्ने अनुभवका आधारमा नयाँ व्यवस्था प्रस्ताव गरिएको प्रवक्ता ज्ञवालीले बताए। 

प्रकाशित: Aug 09, 2021| 18:15 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...