मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयोजना प्रभावितलाई बाराही हाइड्रोपावरको आईपिओ खुल्यो

आयोजना प्रभावितलाई बाराही हाइड्रोपावरको आईपिओ खुल्यो

कम्पनीले आयोजना प्रभावित बागलुङका स्थानीयका लागि आइपिओ निष्कासन गरेको हो।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं– बाराही हाइड्रोपावरले आईपिओ निष्कासन खुलाएको छ। 

National life

कम्पनीले आयोजना प्रभावित बागलुङका स्थानीयका लागि आइपिओ निष्कासन गरेको हो। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरका २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो। 

उक्त सेयर खरिदका लागि बागलुङको जैमिनी नगरपालिका वडा–१, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा र बिनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाका स्थानीयले आवेदन दिन सक्नेछन्। 

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता  सेयर खरिदका लागि आवेदन दिन सकिनेछ। 

आइपिओमा १८ कात्तिकसम्म आवेदन दिन सकिनेछ। मागबमोजिम आवेदन नपरे ४ मंसिरसम्म आवेदन दिने समय थप हुने कम्पनीले बताएको छ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ।

प्रकाशित: Oct 22, 2022| 12:24 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।