मंगलबार, वैशाख २९, २०८३

गाई पालनले बनायो आत्मनिर्भर

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन। केही खर्च गर्नु परे पनि श्रीमान्‌को तलब कुर्नुपर्ने भएपछि उनले गाईपालन गर्ने योजना बनाइन्। भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर रु एक लाखमा पाँच गाई खरिद गरेर व्यावसायिक रुपमै गाई पालनमा लागेकी उनले अहिले लाखौँको कारोबार गर्छिन्।     

National life

“श्रीमान् ट्रक चलाउनुहुन्छ सानोतिनो केही खर्च गर्न श्रीमानकै तलब कुरेर बस्नुपर्ने भएपछि गाईपालन गर्ने सोच बनाएकी हुँ”, उनले भनिन्, “अहिले दूध बेचेर घरखर्च चलाउन सक्ने भएकी छु।” पाँचवटा गाईबाट सुरुआत गरेकी उनले गाई पालनमा राम्रो सम्भावना देखेपछि व्यवसाय बढाउँदै गइन्। 

घर छेउमै वार्षिक एक लाख २० हजारमा दुई बिघा जग्गा भाडामा लिएर घाँसखेती गरिन्। अहिले उनको फार्ममा २५ गाई छन्। उनले दैनिक ७० देखि ८० लिटर दूध बिक्री गर्ने गरेको बताइन्। “दूध बिक्री गर्न अत्तिरिया बजारसम्म आफैं स्कुटर चलाएर जाने गर्छु”, उनले भनिन्, “स्थानीय बजारमा पनि दूध खपत हुन्छ तर म दुग्ध विकास संस्थानको अत्तरियास्थित सङ्कलन केन्द्रमा पुर्याउँछु।”

एक लाखबाट सुरु गरेको व्यवसायमा अहिले उनले मासिक लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताइन्। “घरमा बिना काम बस्नुभन्दा त केही गरौं भन्ने आँट गरेर व्यवसाय सुरु गरेकी हुँ अहिले श्रीमान्ले पनि सघाउनु हुन्छ”, उनले भनिन्“मासिक १५ हजार तलब दिने गरी दुई कामदार छन्।” उनले फार्ममा काम गर्ने कामदार नपाउँदा समस्या हुने गरेको गुनासो गरिन्। 

“गाई थप गर्ने योजना थियो, एक्लै सकिँदैन कामदार पाउन मुस्किल पर्छ”, उनले भनिन्, “आँट गरेर केही काम गरे सफल भइने रहेछ।” अहिले उनले गाईमात्र नभएर बाख्रापालनसमेत गरेकी छिन्।

प्रकाशित: Oct 22, 2022| 11:13 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।