काठमाडौं- पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको छ। बिहीबार पुरुष फुटबलको फाइनल खेल सकिएसँगै नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको हो। पुरुष फुटलबलमा विभागीय टोली नेपाल आर्मीलाई पराजित गर्दै अर्को विभागीय टोली एपीएफले स्वर्ण पदक जितेको हो।
भदौ २८ गते औपचारिक उद्घाटन गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३९६ स्पर्धा भएका छन्। रोचक कुरा त के छ भने ३९६ स्पर्धामा ३९७ स्वर्ण पदक वितरण गरिएको छ।
गण्डकी प्रदेक आयोजक रहेको यस प्रतियोगितामा जिम्नास्टिकतर्फको स्पर्धामा बराबर भएपछि दुबैलाई स्वर्ण पद दिइएको हो। जसका कारण ३९६ स्पर्धा भए पनि ३९७ स्वर्ण पदक वितरण गरिएका छन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ।