पोखरा- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विभागीय टोली एपीएफले जितेको छ।
पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो।
निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।