शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • जुडोमा आर्मी च्याम्पियन, मिक्स टिम इभेन्टमा पनि स्वर्ण जित्यो

जुडोमा आर्मी च्याम्पियन, मिक्स टिम इभेन्टमा पनि स्वर्ण जित्यो

नेपाल आर्मीले जुडोको मिक्स टिम इभेन्टमा पनि स्वर्ण पदक जित्न सफल भएको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

पोखरा- नेपाल आर्मीले जुडोको मिक्स टिम इभेन्टमा पनि स्वर्ण पदक जित्न सफल भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विहीबार भएको मिक्स टिम इभेन्टमा एपिएफलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हासिल गरेको हो। 

National life

मिक्स टिममा स्वर्ण पदक जितेको आर्मी प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण पदक जित्दै जुडोको च्यम्पियन बनेको हो। कुल १५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।  

स्वर्णको खाता खोल्ने दाउमा रहेको एपिएफ रजतमा सिमित भएको छ। वाग्मती प्रदेश र प्रदेश नम्बर १ ले कास्य पदक जिते।

मिक्स टिम इभेन्टमा ५ प्रदेश र ३ विभागीय टिमको सहभागिता रहेको थियो। जुरीको निर्णायक अस्विकार गर्दै लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले म्याट छाडेका थिए। विवाद समाधान नभएपछि यि दुई टिमले खेल छाडेका छन्। जुडो संघले भने दुवै टिमलाई अयोग्य ठहर गरेको छ। 

पहिलो चरणको खेलमा लुम्बिनी प्रदेश र वाग्मती प्रदेश आमनेसामने भएका थिए। नेपाल पुलिस क्लबले नेपाल आर्मीसँग खेलको थियो। तिनै खेलमा जुरीको निर्णय अस्विकार गरेपछि अयोग्य घोषित भएका हुन्। 

Laxmi sunrise bank
kumari

नेपाल आर्मीले ९ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ। दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्ण, ३ रजत  र ८ कास्य पदक प्राप्त गरेको छ। वाग्मती प्रदेशले २ रजत र ७ कास्य पदक जित्यो। 

लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य जितेको छ।  मधेश प्रदेशले १ रजत र २ कास्य जितेको छ। एपिएफले १ रजत, १ कास्य जितेको छ। प्रदेश नम्बर १ ले ३ कास्य जितेको हो। सुदुरपश्चिम प्रदेशले २ कास्य पदक जितेको छ। कर्णाली प्रदेश र एनआरएनएले १/१ कास्यमा चित्त बुझाएका छन्। 

घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेनन्।  जुडोमा खाता नखोल्ने गण्डकी एक मात्र टिम हो।


प्रकाशित: Oct 20, 2022| 14:11 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।