शनिबार, कात्तिक २९, २०८२

स्वर्गीय खेलाडी थापाको परिवारसँग मन्त्री अथकको भेटघाट

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन्।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

पोखरा- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन्। नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहीबार पोखरा महानगरपालिका १० माटेपानीस्थीत थापाको घरमा पुगेका थिए।

National life

दुर्घटना लगत्तै दुःख व्यक्त गरेका मन्त्री अथकले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। 'खेलाडी निसिम थापाको निधनबाट राष्ट्रलाई ठूलो क्षति व्यहोरेको छ। शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु,' मन्त्री गहतराजले भने। सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरुप स्वर्गीय थापालाई चेकसहित मरनोपरान्त स्वर्ण पदक प्रदान गरेका थिए।

पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने प्रतिवद्धता जनउँदै मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय गर्ने बताए। 

राष्ट्रिय खेलकुद परिषदले नवौं खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बिमा गरेकाले थियो। जसअन्तर्गत थापाको परिवारलाई बिमा कम्पनीबाट रकम उपलब्ध गराउनका लागि खेलकुद परिषदले पहल गर्ने राखेपका सदस्य दीपेन्द्र बिस्टले जानकारी दिए।

प्रतियोगिताअन्तरगत आइतबार बिहान पोखराको सराङकोटमा 'क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो्। बिभागिय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिव एक सय मिटर उचाईबाट खसेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 20, 2022| 13:36 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।