शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुद : ५ हजार मिटर दौडमा पार्कीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : ५ हजार मिटर दौडमा पार्कीलाई पहिलो स्वर्ण

पोखरा रङ्गशालामा आज भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

पोखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा ससस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्। 

National life

पोखरा रङ्गशालामा आज भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। नवौं राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्णपदक हो। 

सोही स्पर्धामा कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत पदक जिते। उनले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ९३ सेकेन्ड समय लगाउँदै रजत पदक जितेका हुन्।

त्रिभुवन आर्मी क्लबका मुकेश पालले कास्य जिते। उनले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पूरा गरे। 

प्रकाशित: Oct 20, 2022| 10:24 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।