आइतबार, वैशाख २३, २०८१

आइटिएफ तेक्वान्दोमा आर्मीको अपराजित यात्रा कायमै

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

कास्की- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ।

triton college

तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो। यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो।

प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा गरी आर्मीले कूल २४ पदक हासिल गरेको हो।

आर्मीका लागि एकल प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा रिना धिमाल, ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा पूर्णबहादुर मगर, ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा सुमन मस्राङ्गी मगर र ‘ब्ल्यू बेल्ट’तर्फ धनसिंह परियारले स्वर्ण दिलाए।

भीमबहादुर तामाङले प्याटर्नतर्फ ‘ब्ल्याक बेल्ट’ पहिलो डान र ७६–८० किलो तौल समूहको एकल स्पाइरिङमा गरी दुई स्वर्ण जिते। ‘ब्ल्यू बेल्ट’तर्फ सुस्मिता श्रेष्ठ र ‘रेड बेल्ट’मा निकिता धिमालले स्वर्ण पदक हासिल गरिन्। धिमालले एकल स्पाइरिङमा पनि आर्मीलाई स्वर्ण दिलाइन्। ५६–६० किलो तौल समूहको खेलमा एक नं प्रदेशकी सजिना तामाङलाई पराजित गर्दै धिमालले स्वर्ण हात पारेकी हुन्।

corrent noodles
Metro Mart

आर्मीकै कन्याम लिम्बूले ६५ किलोभन्दा माथिको तौल समूहको एकल स्पाइरिङमा जित निकाल्दै स्वर्ण जितिन्। पुरुषतर्फ ६६–७० किलो तौल समूहबाट लिलाधर बस्नेतले आर्मीलाई स्वर्ण दिलाए। पुरुष टिम प्याटर्नमा पनि आर्मीले स्वर्ण पायो।

बुधबार भएको टिम स्पाइरिङमा पनि बागमती प्रदेशलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हात पार्‍यो। महिलातर्फको स्वर्ण भने बागमतीले जित्यो। आर्मीका प्रशिक्षक ज्ञानप्रसाद खत्रीले सातौँ राष्ट्रिय खेलकुददेखि आफ्नो टिमले लगातार च्याम्पियन यात्रा जारी राखेको बताए।

स्वर्ण पदक विजेता आर्मीका लीलाधर बस्नेतले राष्ट्रिय खेलकुदमा आफ्नो स्वर्ण संख्या चार पुर्‍याए। सातौँमा पहिलो स्वर्ण पाएका उनले आठौँ खेलकुदमा दुई स्वर्ण पदक जितेका थिए। बस्नतेले अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य रहेको सुनाए।

प्रतियोगितामा छ स्वर्ण, तीन रजत र तीन कास्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो। तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कास्य पदक जित्यो। एक नं प्रदेशले तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदक हात पार्‍यो। लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कास्य पायो।

सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो। कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पार्‍यो। नेपालले पुलिसले चार कास्य पदक जित्दा मधेस प्रदेशले एउटा मात्र कास्य पदकमा सीमित भयो। सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी प्रतिस्पर्धा गरेका थिए। पदक विजेता खेलाडीलाई २३ नं बाहिनी अड्डाका सहायक रथी रामप्रसाद अधिकारी, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायतले पदक र पुरस्कार प्रदान गरेको आइटिएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिइन्।

स्थानीय बाङ्गेचौर कभर्डहलमा शनिबारदेखि सुरु भएको प्रतियोगिता बुधबार सकिएको प्रतियोगिता व्यवस्थापन आयोजना समितिका सदस्य एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए।

प्रकाशित: Oct 20, 2022| 08:47 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।