शनिबार, वैशाख २२, २०८१

नवौँ राष्ट्रिय खेलकुद : आर्मीको पोल्टामा २४८ पदक, कसले कति जिते?

हालसम्म ९१६ पदकको छिनोफानो हुँदा आर्मीले ११४ स्वर्ण, ७६ रजत र ५८ काँस्यपदकसहित २४८ पदक हात पारिसकेको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

पोखरा- गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ। 

triton college

हालसम्म ९१६ पदकको छिनोफानो हुँदा आर्मीले ११४ स्वर्ण, ७६ रजत र ५८ काँस्यपदकसहित २४८ पदक हात पारिसकेको छ। 

दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कांस्यपदकसहित एक सय ३५ पदक जितेको छ ।

अर्को विभागीय टिम एपीएफले ३७ स्वर्ण, ४३ रजत र ६६ कांस्यपदकसहित कूल एक सय ४६ पदक हात परेको छ। 

यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ काँस्य पदकसहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ काँस्यसहित कूल ९५ पदक आफ्नो पोल्टामा पारेको छ। 

corrent noodles
Metro Mart

यता एनआरएनएले १० स्वर्ण, ७ रजत र ६ काँस्यसहित २३ पदक, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २४ कांस्यसहित ३६ पदक, प्रदेश १ ले ५ स्वर्ण, २० रजत र ३४ काँस्यसहित ५९ पदक, मधेस प्रदेशले ५ स्वर्ण, ७ रजत र २० काँस्य पदकसहित ३२ पदक जितेका छन्।

लुम्बिनीले ३ स्वर्ण, १५ रजत र २६ काँस्यसहित ४४ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ९ काँस्य पदकसहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताअन्तर्गतका खेल जारी छन्।

प्रकाशित: Oct 19, 2022| 21:02 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।