मंगलबार, जेठ १९, २०८३

कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा

रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७, तिलागुफा नगरपालिकाका–७, खाडाँचक्र नगरपालिकाका–७, शुभकालिका गाउँपालिका–४, महाबै गाउँपालिका–५, पचालझरना गाउँपालिका पाँच र पलाँता गाउँपालिका सात वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

कालिकोट- कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ। यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। 

National life

तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती बाढीपहिरोको जोखिममै रहेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए। रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७, तिलागुफा नगरपालिकाका–७, खाडाँचक्र नगरपालिकाका–७, शुभकालिका गाउँपालिका–४, महाबै गाउँपालिका–५, पचालझरना गाउँपालिका पाँच र पलाँता गाउँपालिका सात वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। 

असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी क्षति कालीकोटमा नै भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो। पहिरोले स्थानीयका घर, खेत, खानेपानी, सिँचाइ कुलो, बाटोसहितको क्षति छ।

कालीकोटमा बाढीपहिरोका कारण नौ वटै स्थानीय तहमा गरी पाँच सय ९० घर पूर्णरुपले भत्किएको, सात सय ४२ घर आंशिकरुपले भत्किएको र सात सय १३ घर उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ। 

बाढी, पहिरामा परेर कालीकोटको छ जनाको मृत्यु भएको एक प्रहरी जवानसहित १७ जना अझैँ बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। बाढीपहिराका कारण तिलागुफा नगरपालिकामा १९ जना पहिरोमा परेको त्यसमध्ये पाँच जना शव भेटिएको भए पनि अन्य अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। 

Shivam cement

प्रकाशित: Oct 19, 2022| 21:20 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।