मंगलबार, फागुन १९, २०८२

४ सय मिटर रिलेमा आर्मी र एपीएफलाई स्वर्ण

महिला ४०० मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ। आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो। आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दूरी पार गरे।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

पोखरा- महिला ४०० मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ। आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो। आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी  थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दूरी पार गरे।

गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जित्यो। बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दुरी पुरा गर्दै कास्य पदक जितेका छन्।

पुरुष ४ सय मिटर रिले दौडमा चाहीँ एपीएफले स्वर्ण पदक जितेको छ। एपीएफका निर प्रताप महतो, आशिष चौधरी, शिवरा जपार्की र चन्द्र बहादुर पुलामी मगरले ४२.४४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन्। त्यसै गरी आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितेको छ।

त्यसैगरी लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पूरा गर्दै कास्य पदक जितेका छन्।


प्रकाशित: Oct 19, 2022| 18:32 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।