शनिबार, कात्तिक २९, २०८२

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लब र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लब र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन्। 

National life

पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०–० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो।

पुरुषतर्फ गण्डकी प्रदेशले काश्य पदक जितेको छ। काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पार्दै बिजयी भएको हो।

महिलातर्फको कास्य पदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ। सुदूरपश्चिमले मधेश प्रदेशलाई ५–० ले पराजित गर्दै कास्य पदक जितेको हो।


प्रकाशित: Oct 19, 2022| 18:21 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।