शनिबार, वैशाख २२, २०८१

नवौं राष्ट्रिय खेलकुद : आर्चरीमा च्याम्पियन बन्यो गण्डकी

कुल १३ स्पर्धामा भएको खेलमा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित १२ पदकसहित च्याम्पियन बनेको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ। कुल १३ स्पर्धामा भएको खेलमा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित १२ पदकसहित च्याम्पियन बनेको हो। 

triton college

दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काँस्यसहित ९ पदक जित्यो। अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित ८ पदक जित्यो।

नेपाल पुलिस क्लब १ स्वर्ण, २ रजत र १ कास्यसहित कुल ४ पदक जितेर चौथो बन्दा प्रदेश १ ले २ रजत जितेर पाँचौं, सुदूरपश्चिमले १ रजत र २ काँस्यसहित ३ पदक तथा बागमती प्रदेशले १ कास्य जितेर छैटौं बन्यो। लुम्बिनी र एनआरएनए पदकविहीन रहे। 

विजयी टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।

बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते। उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे। तिलकले रजत पदक जित्दा एपीएफका विराट थापा तेस्रो हुँदै काँस्यमा सीमित भए।गंगा र तिलक वरीयतामा पहिलो र दोस्रो स्थानमै छन्। विराट पाँचांै वरीयतामा छन्।

corrent noodles
Metro Mart

रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन्। बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै कास्य जितिन्। वरीयतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छन्। ज्ञानु तेस्रो वरीयतामै छन्।

कम्पाउन्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडे। जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते। पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै कास्यमा सीमित भए। वरीयतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमा छन्। सुरेश चौथो वरीयतामा छन्।

कम्पाउन्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरीयताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन्। दोस्रो वरीयताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण जित्दा वरीयतामा अगाडि रहेकी आचार्य रजतमा सीमित बनिन्। तेस्रो वरीयताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै कास्य जितिन्। 

स्ट्यान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरीयताका नगेन्द्र आचार्य (नेपाल पुलिस)ले स्वर्ण जिते। ¥याङकिङ राउन्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजतमा सीमित भए। बागमतीका फर्माचन शेरचनले तेस्रो हुँदै कास्य जिते। शेरचन पाँचौं वरीयतामा थिए।

स्ट्यान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन्। पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा विक तेस्रो हुँदै कास्य पदकमा सीमित भए। वरीयता निर्धारणमा शारदा दोस्रो स्थानमा छन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा।

कुल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार ६ स्वर्णको छिनोफानो भएको हो। आर्चरीमा मधेस र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता थियो। स्ट्यान्डर्ड (३० मिटर), कम्पाउन्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टिम र मिक्समा प्रतिस्पर्धा गराइएको थियो।

प्रकाशित: Oct 19, 2022| 15:33 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।