शनिबार, कात्तिक २९, २०८२

पुरुष कबड्डीको विवाद मिलेपछि रोकिएका खेल सुचारु

मंगलबारको प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल प्रहरी क्लबबीचको खेलमा रेफ्रीले अन्याय गरेको भन्दै गण्डकीका खेलाडीले कोर्टमै सुतेर विरोध जनाएका थिए।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

पोखरा– पोखरामा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जारी पुरुष कबड्डीमा मंगलबार बेलुकीदेखिको विवाद बुधबार बिहान साम्य भएको छ। केही बेरअघि सम्पन्न वार्ताले मंगलबार भएको प्रतियोगितामा निर्णयका क्रममा रेफ्री दोषी पाइए कारबाही गर्ने सहमति भएको अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिए। 

National life

उनले भने, ‘हामी दुवै पक्ष बस्यौं। हिजो खेल दौरान भएको निर्णय दुवै पक्षले मान्ने, निर्णायकको हकमा दोषी ठहरिए कारबाही गर्ने सहमति भएको छ ।’ गण्डकी प्रदेशले निर्णायकप्रति लगाएको आरोपका सम्बन्धमा भिडियो फुटेज र संघका विज्ञबीच बसेर छलफल गर्दा रेफ्रीको निर्णयमा दोष पाइए संघले कारबाही गर्ने सहमति जुटेको उनको भनाइ छ।

अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापति, उपाध्यक्ष वीरेन्द्र यादव, संगीता हमाल, गण्डकी प्रदेशका टिम कोच सन्दीप खड्की, टिम म्यानेजर हरि जिसी, टिम क्याप्टेन महेश खड्गीसहित वार्तामा सहभागी भएका थिए।

गण्डकी प्रदेशका पुरुषतर्फका खेलाडीले कबड्डी कोर्ट कब्जा गर्दा लिग चरणअन्तर्गतका अन्तिम खेल प्रभावित भएका छन्। मंगलबारको प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल प्रहरी क्लबबीचको खेलमा रेफ्रीले अन्याय गरेको भन्दै गण्डकी प्रदेशका खेलाडीले कोर्टमै सुतेर विरोध जनाएका थिए।

बुधबार प्रहरी र गण्डकी प्रदेशबीचमा भएको प्रतियोगितामा नेपाल प्रहरी क्लबले गण्डकी प्रदेशलाई ५८–५४ अंकले पराजित गरेको थियो। महिलातर्फका खेल बिहानैबाट सञ्चालन भइरहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 19, 2022| 14:17 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।