शनिबार, वैशाख २२, २०८१

तेक्वान्दोका सबै खेल सकिँदा पुलिसले जित्यो ११ स्वर्ण

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार तेक्वान्दो खेल सम्पन्न हुँदा नेपाल पुलिसले सर्वाधिक स्वर्ण प्राप्त गर्दै पहिलो भएको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

पोखरा– तयारी छोटो भए पनि आईटीएफ तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब पहिलो भएको छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार तेक्वान्दो खेल सम्पन्न हुँदा नेपाल पुलिसले सर्वाधिक स्वर्ण प्राप्त गर्दै पहिलो भएको हो।

triton college

दोहोरो स्वर्ण जितेपछि नेपाल पुलिसका खेलाडी कमल श्रेष्ठले आफू धेरै खुुसी भएको बताएका छन्। उनले नयाँँ खेलाडीको आगमनले नयाँ जोशका साथ जित निकालेको बताए। ‘हाम्रो टिममा अहिले नयाँ खेलाडी खोज्ने काम भइरहेको छ। युवा खेलाडीका साथ आएका थियौँ सर्वाधिक गोल्ड जित्यौँ,’ बेनीबाट पुम्सेका स्वर्ण विजेता कमल श्रेष्ठले भने।

खेलमा ११ स्वर्ण, ४ रजत र १ काँस्य पदक सहित प्रहरी पहिलो हुँदा ७ स्वर्ण, ८ रजत र २ काँस्य पदक जितेको आर्मी दोस्रो भएको छ। तीन स्वर्ण, २ रजत र ९ काँस्य पदक जितेको एपीएफ पदक तालिकाको तेस्रो र मधेश प्रदेश १ स्वर्ण, २ रजत र ५ काँस्य सहित चौथो स्थानमा रह्यो। खेलमा प्रदेश १ ले ८ काँस्य, २ बागमतीले १ रजत र ३ काँस्य, गण्डकीले ७ काँस्य, लुम्बीनीले २ रजत र ४ काँस्य, कर्णालीले ३ काँस्य, सुदूरपश्चिम र एनआरएनएले एक–एक रजत पदक जिते ।

‘हरि अधिकारी, अभिषेक बराल, इन्दिरा बस्नेत अनि सुस्मिता मोक्तन नयाँ खेलाडी हुन्। उनले पनि स्वर्ण जितेकी छन्,’ कमलले नेपाल समयलाई जानकारी दिए। मंगलबार महिला ४९ केजी समूहमा एपीएफकी गिता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेशका मनिषा वाइवा र लुम्बीनिका रतिका शाहीले काँस्य पदक जिते।

महिला ६२ केजीमा पुलिसकी सुस्मिता मोक्तानले स्वर्ण, आर्मीकी रेश्मा थापाले रजत, कर्णालीका वेविका वस्नेत र प्रदेश १ का प्रज्ञा परियारले काँस्य पदक जिते।पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, सेनाका राहुल कुमालले रजत, मधेशका विक्रान्त ढुंगेल र एपीएफका रञ्जित साउदले काँस्य पदक जिते,  पुरुष ६८ केजी तौल समुहमा आर्मीका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाबले रजत, लुम्बीनीका नविन चौधरी र एपीएफका  मोहम्मद रितिकले काँस्य पदक जिते।

corrent noodles
Metro Mart
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार तेक्वान्दो खेल सम्पन्न हुँदा नेपाल पुलिसले सर्वाधिक स्वर्ण प्राप्त गर्दै पहिलो भएको हो।

पुलिस क्लबका खेलाडीले धेरै स्वर्ण जिते पनि तयारी भने लामो समय भएको थिएन। उनीहरुले एक महिना लामो अभ्यास गरे। ‘तयारी त व्यक्तिगत थियो अलिअलि, राम्रोसँग भएको पनि थिएन। तर पनि हामीले यो खेललाई ट्याग गर्न सकेका छौं,’ कमलले भने, ‘पुलिस होल टिमको लागि हेर्ने हो भने चाहिँ छोटो समयको लागि पनि राम्रो सफलता हो।’ पुलिसले २१ स्वर्ण पदकमध्ये ११ स्वर्ण पदक जितेको छ।

पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवी अधिकारीले स्वर्ण, मधेशका अमितकुमार सिंहले रजत, एपीएफका निरज देउवा र कर्णालीका सोहन राउतले काँस्य पदक जिते। महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा बस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा माथिको तौल समूहमा एपीएफका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा माथि तौल समूहमा एपीएफकी सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिषेक बरालले स्वर्ण पदक जिते।

महिला ४६ केजीमा सुदूरपश्चिमकी झरना नाथले रजत, शसस्त्रका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले काँस्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र एपिएफकी सोरन गुरुङले काँस्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र एपीएफकी रेजिना पार्कीले काँस्य पदक जिते।

पुरुष ८७ केजीभन्दा माथिको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाबले काँस्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा आर्मीका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली बस्नेतले काँस्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, एपिएफका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले काँस्य पदक जिते। महिला ७ केजी तौल समूहमा नेपाली सेनाका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बीनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र पदेश १ का समिक्षा लिम्बुले काँस्य पदक जितेका छन्। ७४ केजी पुरुषतर्फ एपीएफका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले काँस्य पदक जिते।

पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवी अधिकारीले स्वर्ण, मधेशका अमितकुमार सिंहले रजत, एपीएफका निरज देउवा र कर्णालीका सोहन राउतले काँस्य पदक जिते।

५४ केजी पुरुषतर्फ मधेशका अब्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र सेनाका अम्बिकाप्रसाद घिमिरेले काँस्य पदक जितेका छन्। प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए। जित निकालेपछि कमल आफू पनि खुसी छन्। ‘आउँदो दिनमा पनि अझै राम्रो गर्नका लागि उत्साह मिलेको छ,’ कमलले भने, ‘यही प्रतियोगिताले त नयाँ खेलाडी उत्पादक सहयोग पुगेको छ।’

महिलातर्फ नेपाली सेनाकी स्वस्तिका तामाङ रजत, प्रदेश १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारीले काँस्य पदक जितेका छन्। पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुब र प्रदेश १ का विवेक राईले रजत पदक जिते। पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दीपेन्द्र गुरुब र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुब र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले काँस्य पदक जिते।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दिपेन्द्र गुरुब, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा एपीएफकी सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले काँस्य पदक जिते।

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुब, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, एपीएफकी मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र शुशिला राईले काँस्य पदक हात पारे। गेरोगीतर्फ महिला ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, एपीएफकी अस्मिता ड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले काँस्य पदक जिते। पुरुष ५८ केजी तौल समूहमा मधेश प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवासचन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले काँस्य पदक जिते।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, राखेपका सदस्य रमेश धमला, ओलम्पियन दीपक विष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: Oct 19, 2022| 10:44 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।