मंगलबार, फागुन १९, २०८२

जुडोमा आर्मीलाई ४ स्वर्ण

मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

पोखरा- नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन्। मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन्। 

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ। आर्मीले ३-३ रजत र काँस्य पदक पनि जितेको छ। 

पुलिसका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका छन्। पुलिसले १ रजत र ५ काँस्य पदक प्राप्त गरेको छ।

बागमतीले प्रदेशले १ रजत र ३ काँस्य पदक जित्यो।  लुम्बिनी र एपीएफले १-१ रजत जितेका छन्। मधेश प्रदेश, कर्णाली प्रदेश र एनआरएनले १-१ काँस्य हात पारेका छन्। 

आर्मीका अनिल बलामीले ७३ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन्। महिलातर्फ ४८ केजीमुनि तौल समूहमा सुमित्रा राई, ५२ केजीमुनि तौल समूहमा देविकामाया श्रेष्ठ, ६३ केजीमुनि तौल समूहमा लिला अधिकारीले आर्मीका लागि स्वर्ण दिलाए। 

kumari

पुलिसका लागि पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा उमेश मगर, ६६ केजीमुनि तौल समूहमा इन्द्रबहादुर श्रेष्ठले स्वर्ण दिलाएका हुन्। यस्तै महिलातर्फको ५७ केजीमुनि तौल समूहमा पुलिसकी मनिता श्रेष्ठले प्रधानले स्वर्ण हात पारेकी हुन्। 

गण्डकीले घरेलु मैदानमा भएको जुडोमा खाता खोल्न सकेन। सुदूरपश्चिम र प्रदेश नम्बर १ पनि पदकविहिन छन्। पुरुषतर्फ १, ९०, १०० केजीमुनि र १०० केजीमाथि उमेर समूहमा पदकको छिनोफानो हुन बाँकी छ। ७०, ७८ केजीमुनि र ७८ केजीमाथि उमेर समूहमा महिला खेलाडीले पदकको लागि भिड्नेछन्। यस्तै, मिक्स टिम इभेन्टमा पनि खेल हुनेछ।

प्रकाशित: Oct 19, 2022| 10:37 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।