शनिबार, कात्तिक २९, २०८२

अहिलेसम्म आर्मीको ७९ स्वर्ण, कर्णाली एकमात्र स्वर्ण

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम चिभुवन आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

चितवन- गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम चिभुवन आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ।  

National life

हालसम्म ६ सय ५७ पदकको छिनोफानो हुँदा आर्मीले  ७९ स्वर्ण, ५४ रजत र ३७ कांस्य पदक सहित कुल १७० पदक हात पारिसकेको छ। दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ। पुलिसले ३४ स्वर्ण, २६ रजत र ३७ कांस्य पदकसहित ९७ पदक जितेको छ।

अर्को विभागीय टिम एपीएफले २९ स्वर्ण, ३३ रजत र ४८ कांस्य पदकसहित कुल ११० पदक हात परेको छ।

यसैगरी बागमती प्रदेशले १५ स्वर्ण, २४ रजत र २७ कांस्य सहित कुल ६६ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र ३० कांस्य पदकसहित ५४ पदक आफ्नो पोल्टामा पारेको छ।

यता सुदूर पश्चिम प्रदेशले ७ स्वर्ण, ४ रजत, १८ कांस्य सहित २९ पदक, एनआरएनएले ६ स्वर्ण, ७ रजत ४ कांस्य सहित १७ पदक, मधेस प्रदेशले ५ स्वर्ण, ६ रजत र १७ कांस्य पदक सहित २८ पदक, प्रदेश १ ले ३ स्वर्ण १४ रजत र ३१ कांस्य सहित ४८ पदक जितेका छन्।

Laxmi sunrise bank
kumari

त्यसैगरी,लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १८ कांस्य सहित ३२  र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ४ कांस्य पदक सहित ६ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरू जारी रहेका छन्।

प्रकाशित: Oct 19, 2022| 08:45 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।